केशु विरही / (बेलबारी, माेरङ)/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले सरकारले खटाएकाे ठाउमा नजाने कर्मचारीलाई कार्वाही गर्ने वताएका छन ।
पूर्वान्चल विश्वविद्यालयमा निर्माण हुन गएकाे कलेज अफ इन्भाराेमेन्ट एण्ड फाेरेष्ट्रीकाे शैक्षिक भवनकाे उद्घाटन कार्यक्रममा वाेल्दै उनले साे कुरा वताएका हुन ।
उनले अब राजनैतिक संक्रमणकालकाे अन्त्य भैसकेकाे छ । अब पनि संक्रमकालिन नाममा देशराई धकेल्ने खाेजेकाे अाराेप लाए । उनले भने “कर्मचारिकाे मानिसकता भने अझै परिवर्तन भएकाे छैन । अब त्यसरी अटेर गरेर वस्न खाेजे कसैलाई पनि छाडिदैन । राज्यले भनेकाे ठाउँमा काम गर्न राजी छु भनेर शपथ खाएका कर्मचारीहरु विभिन्न वाहानामा अर्हाएका ठाउँमा नजाने कर्चारीले छुट नपाउने । उनीहरुलाई कडाभन्दा कठा कार्वाही गरिने छ ।”
वजेटका अभावमा काम गर्न कठिन भैरहेकाे वताईरहेकाे वेलामा मन्त्री पण्डितले राज्यले विश्वविद्यलयलाई चाहिले सबै प्रकारका सहयाेग गर्ने पनि वचन पनि दिए ।
साे अवसरमा प्रतिनिधिसभा सदस्य भानुभक्त ढकालले वर्तमान उपकुलपति प्रा. डा. घनश्यामलाल दासतर्फ इङ्गित गर्दै अाफ्नाे कार्यकालमा केही देखिने वा संझनयाेग्य काम गरेर देखाउन अनुराेध गरे ।
उपस्थित सहभागीलाई पूर्वान्चल विश्वविद्यालयका रजिष्टार प्रमिला थापाले उपस्थित सबैलाई स्वागत गरेकी थिइन ।
साेही अवसरमा मन्त्री पण्डितले पूर्वान्चल विश्वविद्यालयले निर्माण गर्न लागेकाे कलेज अफ इन्भाराेमेन्ट एण्ड फाेरेष्ट्री शैक्षिक भवनकाे सिलन्यास समेत गरेका थिए ।

1,810 total views, 2 views today

तपाईको प्रतिक्रिया