दाङ / मानव बस्तीको विचमा सिमेन्ट उद्योग आएर बसेपछि लक्ष्मीपुर र सुनपुरबासीहरुलाई यतिबेला मुटुमै किलो गाडिए जस्तो भएको छ ।
भएको जग्गामा उब्जनी हुँदैन, जागीर छैन । आम्दानी पनि नभएपछि सुनपुर स्थित चौधरी गाउँका कृषकहरु केहि वर्ष देखि मज्दुरी गर्न शहर पस्नु पर्ने बाध्यता भएको छ ।

‘उद्योग स्थापना भएपछि गाउँमै रोजगार मिल्छ भन्थे तर राम्रो राम्रो काम र पैसा हुने काममा भारतबाट मान्छेहरु ल्याएर राखेको छ ।’ स्थानिय प्रमिला चौधरीले भन्नुभयो, ‘धुलो खाने काममा हामीहरु जान सक्ने अबस्था छैन ।’ गाउँ नजिकै उद्योग स्थापना हुन भएपछि हर्षीत भएका गाउँलेहरुको अहिले त्यहि उद्योगकै कारण उठिबास लाग्ने देखिएको छ । उद्योग देखि ३ सय मिटरको दुरीमा सुनपुर बस्ती छ । एक सय मिटरको दुरीमा माध्यामिक विद्यालय । घोराही लमही सडक खण्ड संगै रहेको सिमेन्ट उद्योगका कारण लक्ष्मीपुर, सुनपुर, गोग्ली, भानपुरका स्थानियहरुलाई रातभर सुत्नु छैन । कपडा धोएर सुकाउने ठाउँ छैन ।

केहि वर्ष पहिले सम्म हराभरा, कृषियोग्य जमिन र सुन्दर शान्त बस्तीको रुपमा चर्चित थियो सुनपुर । बाहिरका मानिसहरु समेत सुनपुर गाउँमा दिर्घकालिन बस्ती विकासको रुपमा योजना बनाउने गर्थे । तर घोराही सिमेन्ट उद्योगका कारण अहिले बस्नै नसकिने गरी प्रदुषण भएपछि केहि बासीन्दाहरु विस्तारै गाउँ छोड्ने मेलोमा पुगेका छन् ।

बाह्र वर्ष पहिले सुनपुरले विकास खोजिरहेको थियो । त्यहि समयमा आईपुगेको थियो घोराही सिमेन्ट उद्योग । गाउँमा उद्योग आउन थाले पछि जग्गा हुनेले जग्गा बेचेर पैसा कमाए । छेउछाउँका बस्तीका बासिन्दाहरु अनेक प्रलोभनमा परेर उद्योग बस्नका लागि अनुमती दिए । प्रदुषण नगर्ने, उद्योग आसपासका बस्तीहरुमा विकासको ढोका खोल्ने लामो सहमतीको सुचीमा हस्ताक्षर गरेकात्यहाका राजनीतिक दल र अगुवाहरु अहिले त्यहि सहमती कार्यान्वयन गराउनको लागि चरण चरणका आन्दोलन गर्दै आएका छन । समितिका अध्यक्ष देबकोटा भन्नु हुन्छ ‘उद्योग स्थापना पुर्व स्थानियहरु संग गरेका सहमतीको सुची छ । तर त्यो सहमती कार्यान्वयन हुन सकेन ।’ उहाले थप्नु भयो ‘भानपुर चौक देखि सुनपुर चौक सम्मको बाटो कालोपत्र्रे गर्ने, पानीको सुविधा दिने, प्रदुषण नगर्ने, रोजगारीका लागि स्थानियहरुलाई प्राथमिकतामा राख्ने सहमती भएको हो । तर जति रोईकराई गर्दा पनि कार्यान्वयन गर्दै मान्दैन ।’ सहमती कार्यान्वयन र प्रदुषण न्युनिकरण गर्न माग गर्दै स्थानियहरुले चरणबद्ध आन्दोलन मार्फत दवाव नदिएका भने हैनन् । तर उद्योगले टेर्दैन् । कसैको कुरा सुन्ने पक्षमा उद्योग नदेखिएपछि स्थानिय आजित भैसकेका छन । छलफलका कार्यक्रमहरुमा छिठ्ठी काट्दा समेत उपस्थित नहुने स्थानिय बुद्धिजिवि माधव सुबेदी बताउनु हुन्छ । ‘त्यहि उद्योगले ज्यान लिन्छ भन्ने पहिले नै हेक्का राखिएन ।’ उहाले भन्नुभयो ‘तर उद्योग सञ्चालकहरु संग मानविय समबेदना भन्ने नहुने रहेछ ।’ अहिलेसम्म दर्जन बढि आन्दोलन भैसकेका छन । आक्रोसित स्थानियहरुले अब मृत्युकै सामना गर्ने गरी आन्दोलन गर्ने योजना बनाउन थालेका छन । उनिहरु भन्छन् ‘८ ÷१० जना नमर्दै यो उद्योगले टेर्दैन ।’ २०७१ साल भन्दा अगाडी देखिनै प्रदुषण न्यनिकरण गर्न माग गर्दै आन्दोलन गर्दै आएका थिए । तर घोराही सिमेन्ट उद्योगले विभिन्न ब्यक्तिहरुलाई प्रलोभनमा पारेर आन्दोलन तुहाउदै आएको स्थानिय ब्यक्तिहरुले बताउछन् । त्यसयता पनि निरन्तर रुपमा आन्दोलन हुँदै आएको छ । क्षमता बढाउँदै उद्योग तर अहिले स्थानियहरु झन आक्रोसित छन । यसको कारण हो घोराही सिमेन्ट उद्योगले क्लिन्कर उत्पादन क्षमता बढाउन थालेको छ । दैनिक १२ सय मेट्रिक टन क्लिन्कर उत्पादन गर्दै आएको सिमेन्ट उद्योगले ३ हजार मेट्रिक टन उत्पादन क्षमता थप गर्ने थाले पछि स्थानियहरु झन आक्रोशित भएका हुन् । ‘अहिले त यस्तो हालत छ । अझै क्षमता बढाएपछि यहाको अबस्था कस्तो होला रु’ प्रश्न गर्नुहुन्छ सुनपुर निबासी संगीता खनाल । भन्नु हुन्छ ‘जनप्रतिनिधिहरुले पनि यो विषयमा कुनै काम देखाउन सकेनन् ।’

तत्कालिन घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद साप्कोटाले दैनिक ३ हजार मेट्रिक टन क्लिन्कर उत्पादन गर्ने अनुमती दिएपछि स्थानिय सरोकारवाला निकायहरु आक्रोशित भएका हुन् । अहिलेकै उद्योगको गतिविधिहरुका कारण आफ्नो उठिबास लाग्ने अबस्था भैरहँदा त्यसको विरुद्धमा गरिएको आन्दोलनलाई बेवास्ता गरि क्षमता बढाउने अनुमती दिनु जनतालाई मार्ने योजना रहेको भन्दै समितिका बसन्त घिमिरेले आक्रोश पोखे ।

स्थानियहरुले कुनै पनि हालतमा उद्योगको क्षमता बढाउन नदिने बताएका छन । भने उद्योगले भने क्षमता बृद्धि गर्ने गरी काम सुरु गरिसकेको छ ।

प्रतिकृया बिहिन सिमेन्ट फ्याक्ट्रि यस बिषयमा सेयर सदस्य बिकास शर्मा संग कुरा कानी गर्दा वहाँले कुनैपनि प्रतिकृया दिन चाहनुभएन  ।

हेर्नुहोस भिडियो

4,783 total views, 2 views today

तपाईको प्रतिक्रिया