सरोज बास्तोला, दोहा (कतार)/ नेपाल पत्रकार महासंघ कतार शाखाले कतारबाट नेपालमा पर्यटक भित्र्याउन महत्वकांक्षी परियोजना अघि बढाएको छ ।

यसका लागि महासंघले पहिलो चरणमा गैर आवासिय नेपाली संघ कतार, नेपाली ब्यबसायी संघ कतार तथा अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारसंग छलफल गरेको छ ।

महासंघका अध्यक्ष करिमबक्स मियाँले कतारबाट नेपालमा पर्यटन भित्राउन र नेपालको आर्थिक सुधार गर्न अब ढिला गर्न नहुने भन्दै कतारमा स्थापित नेपाली संघसंस्थाहरुसँगको सहकार्यमा नेपाल सरकार, नेपाल पर्यटनबोर्ड, होटल एशोसियसन नेपाल लगायतको सहयोगमा पर्यटन प्रबर्धनमा अगाडी बढाउने बताए । यसका लागि महासंघ अघिबढी सकेकोले एनआरएन, कतारका नेपाली ब्यबसायी तथा बिभिन्न संघसंस्थाहरुको सहयोग र सहकार्यले मात्रै देशलाई आर्थिक टेवा पुर्याउन यसप्रकारको कार्य सफल हुने भएकोले सबैसँग सहयोगको लागि आग्रह गरेका छन् ।

छलफलका क्रममा एनआरएनए कतारका अध्यक्ष नवीन पोख्रलले कतारबाट नेपालमा पर्यटक भित्र्याउन नेपाल पत्रकार महासंघ कतार शाखासँग मिलेर काम गर्न एनआरएनए कतार तयार रहेको बताउँदै यसका लागि एनआरएनले यथासिघ्र कार्यसमिती र बिभागीय समितीमा छलफल गरिने बताए ।

नेपाली ब्यबसायी संघका अध्यक्ष महेन्द्र चौलागांईले नेपाल पत्रकार महासंघको अबधारणा प्रति खुशी ब्यक्त गर्दै कम्तिमा पनि एक ब्यबसायीले एक कतारी लाई नेपाल पउर्याउने बिषयमा कुरा भइरहेको र यसप्रकारको कार्यले देशको पर्यटन प्रबर्धनमा टेवा पुग्ने बताए । अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष मो. मुक्तदा मुसलमानले खाडी राष्ट्रहरुबाट नेपालमा पर्यटक भित्राउन साँस्कृतिक सभ्यतामा ध्यान पुर्याउन पर्ने बताउँदै यहाँका पर्यटककालागी त्यहि अनुकुलको ब्यबस्थापनको नेपालमा खाँचो रहेको बताए ।

त्यस्तै अन्तराष्ट्रिय नेपाली मुस्लिम समाजका अन्तराष्ट्रिय संयोजक प्रो.रमाजान अलिमियाँले कतारी नागरीक पर्यटकका रुपमा नेपाल पुगेपछी उनीहरुले खोज्ने वातावरण, संभाबित पर्यटनका प्रकृतिहरु ट्रेकिंग,ट्राभल, र्याफ्टिंग, जंगल सफारी, प्याराग्लाइडिङ लगायतका बिषयमा नेपाल पर्यटन बोर्ड तथा कतार टुरिजम अथोरिटीसँग समन्वय गदै श्रब्यदृस्य सामाग्री सहित कतारमा बेलाबेलामा सेमिनारहरु गर्ने हो भने नेपालमा कतारी पर्यटक भित्राउन
सहज हुने र यसकालागी आफुहरु पत्रकार महासंघसँग सहकार्य गर्न इच्छुक रहेको बताए ।

4,719 total views, 2 views today

तपाईको प्रतिक्रिया