आइडिया हव प्रालिद्वारा यही चैत १० गते शनिबारदेखि नेपाल टेलिभिजनको पर्दामा बिज्ञान र प्रविधिसम्वन्धि टेलिभिजन कार्यक्रम ‘आइडिया अस्त्र’ प्रसारण हुने भएको छ ।
बिद्यार्थी तथा समस्त शिक्षाप्रेमीलाई लक्षित गरी बनाइएको कार्यक्रम शनिबार बेलुका ५ः३० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने निर्माता तथा निर्देशक सागर लामिछानेले बताउनुभयो ।

बाँकेको कोहलपुर निवासी सागरले यसअघि रोबोट, होममेड प्लेनको परीक्षणमा सफलता प्राप्त गरेका थिए भने इलेक्ट्रोनिक्स र कम्युनिकेशनमा इन्जिनियर पनि सकेकाछन् । दक्ष युवाहरु बिदेश पलायन हुने क्रम बढिरहेको बेला सागरले नेपालमै केही गर्न सकिने भन्दै आइडिया एकेडेमी, आइडिया अस्त्र सामग्रीको स्टोर तत्कालै सञ्चालन गने{ लक्ष्य लिएकाछन् ।
नेपाली टेलिभिजनमा बालशिक्षा केन्द्रीत काय{क्रम नभएको अवस्थामा आइडिया अस्त्र प्रभावकारी हुने र बालबालिकाले घरेलु सामानबाट विज्ञानप्रविधिबारे जानकारी ग्रहण गन{ सक्ने सागरको विश्वास छ ।

आधा घण्टा समयावधि रहेको कार्यक्रममा तीनवटा सेग्मेन्ट रहेको छ । पहिलो सेगमेन्टमा आट{ तथा क्राफ्ट, दोस्रोमा प्रतिभावान् व्यक्तिसंग अन्तरबार्ता र तेस्रोमा गेम तथा विज्ञानसम्वन्धि प्रश्न समावेश गरिएको छ ।

कि एड्भरटाइज प्रालिबाट प्रायोजित उक्त कार्यक्रमको पुनः प्रसारण भोलिपल्ट नेपाल टेलिभिजनमा प्रसारण हुनुको साथै यु ट्युब तथा फेसबुक पेजमासमेत हेर्न सकिने बताइएको छ । इन्जिनियर कृपेन्द्र हुमागाईँ, सौरभ लामिछानेसमेतको सक्रिय भूमिका रहेको छ ।

1,720 total views, 2 views today

तपाईको प्रतिक्रिया