पथरी/ सौन्दर्य कलाको आवश्यकता महसुस गर्दै मोरङको पथरीशनिश्चरेमा सौन्दर्य कला व्यवसाय सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

सौन्दर्य कला व्यवसायी संघ पथरीशनिश्चरे र कानेपोखरीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा संघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले सौन्दर्य कलाका बारेमा जानकारी गराउनु भएको छ ।

कार्यक्रममा, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दीलिपकुमार राई, सूचना संयोजक भूपेन्द्र तिम्सिना सहितले सौन्दर्य व्यवसायलाई व्यवस्थित गर्दै नगरको यथोचित विकासमा थप मद्धत पुर्याउने वताउनु भएको छ ।
कार्यशालामा, मोरङ र झापाका १ सय वढी सौन्दर्य कला व्यवसायीको सहभागिता रहेको पथरीशनिश्चरे शाखा अध्यक्ष कुमारी राईले बताउनु भएको छ ।
्र

2,066 total views, 2 views today

तपाईको प्रतिक्रिया