काठमाडौं । सिजन मिडियाद्धारा आयोजना गरिएको ‘मिस ई-कलेज २०१८’ का विजेताहरु थाइल्याण्ड भ्रमण गरेर नेपाल फर्कीएका छन् । 
मिस ई कलेजका विजेताहरु
काजोल तामाङ , फष्ट रनरअप सोफीया श्रेष्ठ र सेकेण्ड रनरअप आस्मी गौतम सिजन मिडियाद्धारा अबसर दिइएको  ६ दिने थाइल्याण्ड, पटया, वैङकक भ्रमण सकेर नेपाल एयरलाइन्सको बिमानबाट स्वदेश फर्केका हुन्  ।
उनीहरुले भ्रमणको अवसरमा विभिन्न सामुन्द्रीक खेलको मज्जासंगै त्यहांको सास्कृतिक र सामजिक लगायतकाे विषयमा  वुझ्ने मौका प्रदान गरेका  विजेता काजोलले बताइन् । त्यसैैैैगरी उनीहरुलाई वैङकक स्थित वौद्धको स्तुपाहरुको  पनि अवलोकन गराइएको थियो । विभिन्न सहरहरुको अवलोकन साथै मनजोरन्जन पनि लिइ भरपुर रमाइलो गरेको वताउछिन् फष्ट रनरअप सोफीया श्रेष्ठ ।
त्यसैगरी  सवैभन्दा रमाइलो सफारी पार्कमा भएको वताउछिन् अस्मी गौतम । उक्त र्पाकमा विभिन्न जंगली जनावर वाघ,भालु, हरिण, जिराफ, उट, गैडा लगायत विभिन्न प्रजातीका चराहरु साथै डल्फीन र चिम्पान्जीको खेलहरु अवलोकन गर्न पाउदै साहै खुसी लागेको उनले बताइन्  ।उनलेे  पहिलो चोटी नेपालमा नै यसरी सौन्दर्य प्रतियोगीतामा सहभागी भएका विजेताहरुलाई  विदेश भ्रमणको अवसर प्रदान गर्ने सिजन मिडियालाई धन्यवाद पनि दिइन् ।

नेपालमा यस्तो प्रतियोगिताका विजेताहरुलाई विदेश भ्रमणको  अवसर दिने पहिलो संस्था भएको दाबी गर्छन्  सिजन  मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्त ।आगामी दिनमा आयोजना गर्ने कार्यक्रमका विजेताहरुलाई एसियाका विभिन्न देशहरुको भ्रमणको अवसर प्रदान गर्ने वन्त वताउंछन् ।

5,045 total views, 2 views today

तपाईको प्रतिक्रिया