काठमाडौँ / यहि  मार्च १७ तारिखमा बेलायतको एल्डरसट ह्याम्पसायर स्थित अम्पायर ब्यान्क्वेट हलमा सांगीतिक कार्यक्रम हुने भएको छ ।
बेलायतको एल्डरसट ह्याम्पसायर स्थित अम्पायर ब्यान्क्वेट हलमा हुने उक्त भब्य कार्यक्रममा राजु राजबहाक, गायक आनन्द कार्की, मीरा राणा, सुकमित गुरुङ, मीनादेवी निरौला पोखरेल, गायिका धन कुमारी थापा (सरु), रविडंगोल, श्याम अर्याल, नायिका नम्रता योगी र मौषमी गुरुङ जाने भएका छन् ।

बेलायतको थर्ड आइ टिमले आयोजना गर्न लागेको ‘रुम्जाटार गुम्बा च्यारिटी नाइट२०१८’ मा  पुरानो ब्याण्ड  ओम माने पेमेका भोकलिस्ट चर्चित गायक राजु राजबहाकले पनि  आफ्नो धमाकेदार प्रस्तुति दिने छन् l

“मेरो बुद्धको कसम तोड्दिन तिमिलाइ नलगी छोड्दिन” “फुल्चोकीको डाडा मुनि गोदावरी बन” “मेरी सासुकी छोरी” लगायतका दर्जनौ चर्चित गीतहरु गाएर लाखौ संगीतप्रेमीहरुको मन मुटुमा बस्न सफल ब्याण्ड ओम माने पेमेका भोकलिस्ट सुमधुर आवाजका धनी गायक राजबहाक लामो समयको अन्तराल पछि सांगीतिक क्षेत्रमा पुनः फर्केका हुन् l

करिब १७ बर्ष पछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेको ओम माने पेमे ब्याण्ड तथा ब्यान्डका गायक राजु राजबहाकको आजकल व्यस्तता समेत बढ्दै गएको छ l कालजयी तथा हरेक नेपालीको मन मुटुमा बस्न सक्ने गितहरु गाएर कराेडौ संगीतप्रेमी नेपाली दर्शक श्रोताहरुको प्रिय बनेको ब्याण्ड तथा यसका भोकलिस्ट राजु अहिले पनि त्यतिकै चर्चामा  छन् l

लामो समय पछिको सांगीतिक पुनरागमन तथा नेपालीसंगीत प्रेमीहरुको अथाहा माया बाट हौसिएका गायक राजुराजबहाक भविष्यमा आफ्नो जीवन संगीतमा नै समर्पण गर्दै अझ राम्रा राम्रा प्रस्तुति लिएर आउने बताउछन् l

संगीतलाई राम्रो संग नजिकबाट बुझेका तथा दर्शकश्रोताहरुलाई मनोरंजन दिएर नचाउन माहिर गायक राजबहाक समयको परिबर्तनसंगै संगीतलाई पनि आम दर्शक श्रोताहरुको रोजाइ अनुसार परिमार्जन गर्दै लैजाने बताउंछन l

7,552 total views, 4 views today

तपाईको प्रतिक्रिया