विराटनगर / रानी विराटनगर इटहरी हुदै धरान जोडने ६ लेन सडक  परियोजनाको करिब ३० प्रतिशत काम सकिएको छ ।

परियोजना प्रमुख विनोदकुमार मौवारका अनुसार परियोजनाको ३९ किलोमिटर मध्ये ३४ किलोमिटर क्षेत्र निर्माणकालागि ठेक्का लागिसकेको छ । ठेक्का लाग्न बाकी रहेको क्षेत्र चालु बर्ष भित्र सक्ने लक्ष्य रहेको उनले बताए ।

उनका अनुसार परियोजनाका लागि चालु आर्थिक बर्षमा ६० करोड बजेट विनियोजन भएको छ । बजेट अपुग भएका कारण थप दश करोड माग गरिएको उनले बताए।

२०७५ साल भित्र काम सक्नु पर्ने परियोजनाको समय सिमा सकिन एक बर्ष बाकी रहदा ५ किलोमिटर क्षेत्र ठेक्का लगाउन बाकी  छ । मौवारले साझेदार संस्थाले प¥याप्त सहयोग नगर्दा सोचे अनुसार काम नसकिएको बताए । परियोजनाको ३०.४० प्रतिशत काम सकिएको उनले बताए ।

उनका अनुसार दुहबी खण्डको बिवाद नमिल्दा ठेक्का प्रकृया लम्बिएको छ । जग्गा बिवाद नसुल्झीएका कारण समस्या भएको परियोजना प्रमुख विनोदकुमार मौवारले जानकारी दिए । मौवारका अनुसार सडकको विवाद मिलाउन स्थानीय र केन्द्र सरकारलाई समन्वय गर्न आग्रह गरिएको बताए ।

‘हामी यही बर्ष परियोजनाको ४९ किलोमिटर क्षेत्र ठेक्का लगाउने प्रकृयामा छौ ।’ उनले भने ‘अब दुहबी क्षेत्रमा केही समस्या छ ।’ न्यूनतम मापदण्डमा ३० मिटर हुनुपर्ने भएकाले दुहबीमा पनि हाल सोही कायम गर्न लागिएको उनको भनाई छ । परियोजना अन्तरगत दुहवी क्षेत्रमा १७ मिटर मात्र सडक रहेको उनको भनाई छ । – खबर पुर्वान्चलको सहयोगमा

3,436 total views, 2 views today

तपाईको प्रतिक्रिया