शिव भट्टराई, गछिया । साना किसान विकास बैंक लि.को १७ औं बार्षिक उत्सव समारोह आइतबार गछियामा बिविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

गछियामा रहेको साना किसान कृषि सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रमको आयोजना साना किसान विकास बैंक  इटहरीले गरेको हो । कार्यक्रमको सभापतित्व सोही बैंकका प्रबन्धक सरोज भट्टराईले गरेका थिए ।
सो अवसरमा बैंकको साझेदार जीवन ज्योती महिला साना किसान कृषि सहकारी संस्थालाई १५ हजार नगदसहित पुरस्कृत गरिएको थियो । साथै सोही बैंकमा विगतमा शाखा प्रवन्धकको रुपमा उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै खिलानाथ दाहाललाई सम्मान गरिएको छ ।

कार्यक्रममा शुभकामना दिंदै यूनीयन लाइफ इन्सुरेन्स कम्पनिका असिस्टेन्ट चुडामणि चापागाईंले विमाको बजारबारे चर्चा गरे । उनले नेपालमा करिब ४ प्रतिशतले मात्र विमा गरेको बताए । उनले ४० प्रतिशत नेपालीहरु विमा गर्न सक्षम रहेकोले विमाको क्षेत्र विस्तार हुन नसकेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि सहकारी संघका केन्द्रीय सदस्य सुरेन्द्रमणि पौडेल रहेका थिए । कार्यक्रमको सञ्चालन योगराज दाहालले गरेका थिए । कार्यक्रममा सहभागिहरुले बैंकहरु अब प्रविधिमैत्री हुँदै गएको बताएका थिए । साथै साना किसान बैंकहरुले हिमाल, पहाड र तराईका नागरिकलाई सेवा सुविधा पु¥याइरहेको कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।

3,527 total views, 2 views today

तपाईको प्रतिक्रिया