इटहरी । सुनसरीको ईटहरीमा सुचना प्रविधिका क्षेत्रमा विश्व बजारमा भित्रिएका नयाँ उपकरणहरुका विषयमा जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको प्रदेश १ स्तरीय क्यान इन्फोटेकमा १ लाख बढीले अबलोकन गरेका छन भने २ करोड बढीको कारोबार भएको छ ।

फागुन २३ देखि २७ गतेसम्म भएको इन्फोटेकमा युवापुस्ताको उल्लेखिय सहभागिता र चासो बढी देखिएको थियो । सुचना र प्रविधिका क्षेत्रमा उल्लेखि चासो राख्ने युवा जमातले क्यान इनफोटेकमा अभिरुचि सहित पुराना प्रविधि र नयाँ प्रविधिका विषयमा जानकारी हाँसिल गरेको आयोजकको दाबी रहेको छ । सुचना प्रविधि मेलामा युवाहरुको आकर्षण कम्प्यूटर, ल्याप्टप ,प्रिन्टर, एन्टि भाइरस , शैक्षिक सामाग्रीहरुका साथै नयाँ प्रविधिका विद्युतीय सुचना र प्रविधित सामाग्रीहरु रोजाईमा परेका थिए ।

 

प्रर्दशनीमा राखिएका सुचना र प्रविधि क्षेत्रका पुराना पुस्ताका उपकरणहरुको अवलोकन समेत युवापुस्ताको रोजाई बन्यो । सुचना र प्रविधि क्षेत्रका व्यवसायी र उपभोक्ताहरुको एकै ठाउँमा भेट गराएरु सुचना प्रविधीको विषयमा जानकारी समेत गराँउदै प्रयोग वढाउने उद्धेश्यले आयोजना गरिएको मेलामा अपेक्षाकृत व्यापार व्यवसाय भएको र अवलोकनकर्ताहरुको सहभागिता समेत उल्लेख्य रहेको आयोजक क्यान सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए ।

सुचना प्रविधि मेलामा पुराना जमनाका टाइप राइटर देखि लिएर कम्प्युटर मोवाईलका साथै विश्व बजारमा हालसालै भित्रिएका नयाँनयाँ प्रविधीहरु समेत राखिएका थिए । मेलाबाट प्रबिधि सिक्न चहाने र रुची राख्नेहरुका लागी कोशेढुंगा साबित भएको आयोजकको भनाई छ ।

3,462 total views, 2 views today

तपाईको प्रतिक्रिया