विराटनगर/आरोहण गुरुकुल विराटनगरमा मंगलबारदेखि नाटक एन्टीगोनी मञ्चन हुने भएको छ ।

ग्रीसेली नाटककार सोफोक्लिजद्वारा लिखित तथा राजन खतिवडाद्धारा निर्देशित नाटक एन्टिगोनी मण्डला थिएटरले आरोहण गुरुकुल र हामी युवाको संयुक्त आयोजनामा हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन गर्न लागेको हो ।

एन्टीगोनीलाई उत्कृष्ट दुखान्त नाटकमध्येको एक मानिन्छ । यही नाटकको नेपाली एडप्टेसन एन्टीगोनीमंगलबार, बुधबार र बिहिबार दिउँसो १ बजे र साँझ ५ बजे मञ्चन गर्न लागिएको हो ।

नाटकमा सृजना सुब्बाले एन्टिगोनीको चरित्र निभाएकी छन् ।

नाटकमा सृजनाबाहेक रञ्जना वली, सोमनाथ खनाल, विकास जोशी, प्रदिपकुमार चौधरी, उमेश तामाङ, अनुजा अधिकारी, पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन ।

नाटकलाई सोमनाथ खनाल र विक्रम परियारले अनुवाद गरेका हुन ।यसअघि काठमाडौमा मञ्चन भईसकेको सो नाटक भारतमा आयोजित थिएटर ओलम्पिक्समा पनि मञ्चन गरिँदैछ ।

2,373 total views, 2 views today

तपाईको प्रतिक्रिया