मोरङ । वालिकालाइ खाल खाले लोभ लालच देखाएर एक रातको ६ हजारसम्म लिइ यौन क्रियाकलापमा लगाउन खोज्नेहरुको  एक गिरोह विरुद्ध प्रहरीले पक्राउ गरी मानवबेचबिखनको मुद्धा चलाएको छ ।

मोरङको मिक्लाजुङकी १५ बर्षीया एक वालिकालाइ  एक रातका लागि ६ हजार लिएर बेचेको खुलेपछि दलालदेखि सबैलाइ प्रहरीले एक हप्ता अघि  पक्राउ गरेको थियो  ।

पक्राउ पर्नेेहरूमा धनकुटाकी ३९ बर्षीया सलिना गुरुङ, मोरङ मिक्लाजुङकी १८ बर्षीया मञ्जना मगर, पाँचथर आङसराङकी रेवन सुब्बा, फिदीम–८ का २१ बर्षीय अर्जुन गुरुङ र दमक–५ का एसजि होटल सञ्चालक ३६ बर्षीय इन्द्रबहादुर राई छन् । प्रहरीले उनीहरू विरुद्ध  मुद्धा चलाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

केहि समय पहिले होटल सञ्चालक राइले ६ हजार  लिएर एक वालिका रेवन सुब्बालाइ एक रातका लागि बेचेको खुलेपछि दलालदेखि सबैलाइ प्रहरीले  पक्राउ गरेको थियो  ।

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा   होटल सञ्चालकसहित पाँच जनालाई मानवबेचबिखन अभियोगमा मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताए । होटलमा पेशेवर रुपमा यौनजजन्य गतिबिधि गराउने गरेको र मानव बेचबिखनमा समेत संलग्न रहेको सुराकीको आधारमा  पक्राउ परेका ५ जनालाइ मुद्धा चलाइएको गिरीले जानकारी दिए ।

4,729 total views, 2 views today

तपाईको प्रतिक्रिया