बेलबारी/ मााेरङ, स्थानीय भाषा र साहित्यकाे जगेर्ना गर्ने अभिप्रायकासाथ बेलबारीमा एकदिने बहुभाषिक साहित्य गाेष्ठी संपन्न भएकाे छ ।
 बेलबारी साहित्य विकास समिति, माेरङले बेतना सिमसार हलमा संचालन गरेकाे उक्त बहुभाषी गाेष्ठीकाे उद्घाटन ८१ वर्षीय टीका पाैड्यालकाे हातबाट गरिएकाे थियाे ।
 बेलबारी साहित्य विकास समितिकी अध्यक्ष रेखा सुवेदीकाे अध्यक्षतामा  संपन्न उक्त गाेष्ठीमा स्थानीय समाजसेवी, डि.पी राई, विराट साहित्य समाजका अध्यक्ष माेहन काफ्ले, झाेराहाट नाट्य समूह, माेरङका अध्यक्ष भरत गुरागाई, समाजसेवी प्रताप थापा अादिकाे प्रमुख अातिथ्यता रहेकाे साे गाेष्ठीमा विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरु, स्रष्टा, कलाकार, विद्यार्थी अादिकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।
“स्थानीय भाषा साहित्य हाम्राे लालित्य” भन्ने नारा लिएर अायाेजना गरेकाे उक्त बहुभाषी गाेष्ठीमा राई, लिम्बू, धिमाल, मगर, गुरुङ, थारु, चाैधरी, मैथिली, संस्कृत, नेपाली, अङ्ग्रेजी लगायत विभिन्न १७ भाषाका रचनाहरु वाचन गरिएका थिए ।
पछिल्लाे समयमा धेरै भाषाहरु लाेपहुने अवस्थामा पुगेकाे वेलामा गरिएका यस्ता कार्यक्रमले भाषालाई जगेर्नमा ठुलाे सहयाेग पुर्याउने समाजसेवी डि पी राईकाे मत रहेकाे छ ।
उक्त अवसरमा विभिन्न भाषिक समुदायले अा -अाफ्ना संस्कृति झल्कनेखाल्का नृत्य पनि प्रस्तुत गरेका थिए ।

2,812 total views, 2 views today

तपाईको प्रतिक्रिया