इलाममा विस्फोट भएर एक जनाको मृत्यु भएको छ। इलाम नगरपालिका–९ पुवाजुङ घर भई भञ्ज्याङमा पसल गर्ने विकास राईको मृत्यु भएको हो।

राईको शनिबार साँझ इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। घटना भएको आसपासमा सलाईका काँटीसमेत फेला परेको बताइएको छ।

राईले यसअघि पनि ब्लास्टिङ पड्काएर माछा मार्ने गरेको खुलेको प्रहरीको भनाइ छ। माछा मार्न ब्लास्टिङ बनाउने क्रममा विस्फोट भएर नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

4,868 total views, 2 views today

तपाईको प्रतिक्रिया