केशु विरही / बेलबारी, नारीदिवशकाे अवसर पारेर सामाजिक सुरक्षा मन्त्री जीवन घिमिरेबाट १ नं प्रदेश भरिका दृष्टिविहिन विद्यार्थीहरुलाई माेवाइल वितरण गरियाे ।

माेरङ नेत्रहिन संघ, बेलबारीकाे कार्यालयमा अायाेजना गरिएकाे उक्त कार्यक्रममा मन्त्री घिमिरेले प्रदेशभरिका विभिन्न ५५ जना नेत्रहिन विद्यार्थीहरुलाई उनीहरुकाे पढाइ क्षमता अभिवृद्धिका लागि प्रावाेधिकरण र एन्ड्राेइड माेवाइल वितरण गरिएकाे थियाे ।

माेवाईल वितरण गर्नु भन्दा अघि राष्ट्रिय अपाङ्ग महासंघका पूर्व अध्यक्ष एवम् अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील संस्था का विरेन्द्रराज पाेख्रेलले वितरण गर्न लागेकाे माेवाइलले दृष्टिविहिन विद्यार्थीहरुलाई ठूलाे सहयाेग पुर्याउने वताए ।

माेरङ नेत्रहिन संघकाे व्यवस्थापनमा संचालन भएकाे उक्त कार्यक्रमलाई संस्थाकी विमला तामाङले संचालन गरेकी थिइन ।

5,888 total views, 2 views today

तपाईको प्रतिक्रिया