केशु विरही, बेलबारी/  अाेजकले बन्द फिर्ता लिए पनि बेलैमा सुचना संप्रेषण नहुदा जनताले ठूलाे सास्ति खेप्नु परेकाे छ ।

यहि कारण सँधै वाटाे काट्न धाैधाै पर्ने र लामाे समय पर्खेर मात्र वाटाे काट्नुपर्ने बेलबारीकाे प्रहरीठाना अघिकाे चाेक बिहान ८ वजे  पुग्दा शून्य जस्तै देखिन्थ्याे। फाट्टफुट्ट रुपमा वाहेक गाडिहरु गुडेका थिएनन् ।

सवै मानिसहरु दाेविधामा देखिन्थे । पसल खाेल्ने कि के गर्ने भनेर असमन्जसमा थिए ।

बेलबारी, लालभित्ती, खाेर्साने तथा सुन्दरहरैचा (विराटचाेट) सम्म पुग्दा पनि विचमा एकाध गाडि वाहेक केही भेटिएनन् ।

अघिल्ला वन्दमा सल्लाहै गरेर बन्द गरेका बेलबारीका निजि विद्यालयले भने अाजकाे वन्दमा भने अवज्ञा गरेरै भए पनि विद्यालय लगाउने निर्णय गरिसकेका थिए ।

सगरमाथा इ स्कुल बेलबारीमा प्रिन्सिपल इरन राईले शैक्षिक संस्थालाई निर्वाध रुपमा चल्न दिनु तर्क राखे ।

बेलबारी नगरपालिका वार्ड न ३ का वाडाध्यक्ष याेगेन्द्र सुवेदीले पछिल्लाे समयमा तिनै तहकाे निर्वाचन सकिएर कानुन समेत वन्ने क्रममा भएकाेले गर्दा वन्दकाे विकल्प खाेज्नु पर्ने कुरामा जाेड दिए ।

2,810 total views, 2 views today

तपाईको प्रतिक्रिया