केशु विरही/ कतिखेर शिव परियार स्टेजमा अाउलान् भनेर कुरिरहेका दर्षकहरु उद्घाेषकले उनकाे नाम लिनसाथ हुटिङ सुरु भैहाल्याे । स्टेजमा अाएर उनले के अाफ्नाे परिचय दिएका मात्र थिए, दर्षकदिर्घाबाट तालिकाे पर्रा र हुटिङकाे अावाजले महाेत्सबनै गुन्जियाे ।

बेलबारीमा फागुन १६ गतेदेखि संचालन भएकाे नवाैँ दिनकाे अाकर्षणकाे रुपमा अायाेजकले गायक शिव परियारलाई वाेलाएकाे थियाे ।

“यहाँ देशकाे चिन्ता तिमी माया माया भन्छेउ” जस्ता कर्णप्रिय गीतहरु गाएर श्राेताकाे मनमा वस्न सफल परियार पछिल्लाे समयमा श्राेताले वढि मनराउने कलाकारमध्येमा पर्छन।

उनी अाउने खवरले पुरै बेलबारी उल्टिएकाे महसुस हुन्थ्याे । के बुढा के तन्नेरी सबै उनलाई हेर्नकाे र उनकाे स्वर सुन्न लालायित देखिन्थे ।

पुरै मैदान दर्षकले खचाखच भरिएकाे थियाे । कहिकतै खुट्टा टेक्ने ठाउसमेत थिएन । यतिसम्म कि स्टेजकाे बायाँ पट्टिकाे पुरानाे स्टल एरिया देखि लिएर स्टेज अघिकाे स्थान पनि दर्षकले भरिएकाे देखिन्थ्याे ।

शिक्षा तथा स्वास्थ्य नाम दिएकाे महाेत्सबमा ज्याेति मगरजस्ताे अस्लिलतनालाई प्रश्रय दिने कलाकारलाई ल्याएर महाेतसबकाे उद्देश्य विपरित काम गरेकाे अालाेचना खेपिरहेकाे अायाेजकलाई शिव परियारकाे उपस्थितीले थाेरै मात्रामा भए पनि अालाेचनालाई पखाल्ने काम गरेकाे जानकारहरु वताउछन ।

अघिल्लाे दिनकाे झगडाका कारण अायाेजक वढि नै सजक देखिन्थ्याे । संस्थाका अध्यक्ष सुजित कुमार बस्नेत अाफै स्टेजकाे अग्र भागमा वसेर दर्षककाे गतिविधिलाई नियालिरहेका थिए भने समितिका अन्य पदाधिकारीहरु पनि अावश्यक्ता अनुसारकाे स्थानमा खटिरहेका थिए ।

दर्षककाे वाक्लाे उपस्थितीसँगै सुरक्षा चुनाैति थपिनु स्वभाविकै थियाे । अवान्चित गतिविधि नहाेस भनेर विचविचमा सादा पाेषाकमा सुरक्षाकर्मीहरुकाे पनि खटाइएकाे थियाे ।

6,216 total views, 2 views today

तपाईको प्रतिक्रिया