मोरङ  / मोरङको सुन्दरहरैचा ९ मा रहेको पानस बचत तथा ऋण सहकारी संस्थाको ९४ लाख रकम हिनामिना गरेको आरोपमा  ४ जना जेेल गएका छन् ।

सहकारीको ९४ लाख रकम हिनामिना भएको भन्ने उजुरीका आधारमा प्रहरीले ब्यबस्थापक सहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।५ जना थुनामा परकोमा  अध्यक्ष देबेन्द्र मास्के  १५ लाख धरौटीमा छुटेका छन् ।

सहकारी सस्थाका सचिव नेत्र कुमार श्रेष्ठ ,लेखा समितका समयोजक भरत श्रेष्ठ ब्यबस्थापक बिमला राई र कर्मचारी आश्मा चौलगाईलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागी जेल चलान गरेको छ ।

सहकारीको २०७० साल यताको रकम हिनामिना भएको बताइएको छ ।  आब ०७०/०७१ र आव ०७१/०७२मा ६३ लाख हिनामिना भएको देखीएको अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ ।

२०७० सालयता संस्थाको अडिट गर्ने डोरमणि डांगी हाल फरार छन् । उनको खोजी भइ रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक कटवालले जानकारी दिएका छन् ।

संस्थाले २०७३/०७४ र ०७४/०७५ काे आर्थिक बर्षमा  ३१ लाख भन्दा वढिको कारोबार गरेको थियो  । दुवै बर्षको लेखा परिक्षण समेत नगरेको अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ ।

7,797 total views, 2 views today

तपाईको प्रतिक्रिया