धनकुटा । गायक प्रेम मोक्तान र गीतकार लोक रेग्मीको अडियो भिडियो एल्बम मिलन विछोडको गित आधी बाटो सँगै पुरा गरौँको म्युजिक भिडियो छायाँङ्कन हुने भएको छ ।

हालै बजारमा आएको एल्बम मिलन विछोडको सुख दिन्छु भन्नेहरु दुख पर्दा भागी गए, हिजो साथ दिन्छु भन्ने आज आफैँ टाढा भए भन्ने गितको म्युजिक भिडियोको अपार सफलता पछि आधी बाटो सँगै पुरा गरौँको म्युजिक भिडियो छायाँङ्कन हुन लागेको गितकार रेग्मीले बताए ।
कूल ५ आधुनिक गीत समावेश भएको मिलन विछोड एल्बमका सबै गीतमा गायक प्रेम मोक्तानले स्वर दिएका छन् भने संगीतकार राम सिटौलाको एकल संगीत रहेको छ। एल्बममा विदेशिएका नेपालीहरुबीचमा बढ्दै गएको पारपाचुकेलाई विषय बनाएर पीडा पोखिएको छ।

एल्बममा समावेश छोडी जानुथियो भो बोलको गीतको भिडियो यसअघि नै बनेको छ । जसमा कार दुर्घटनामा परेर शारीरिक रूपमा अशक्त भएको प्रेमीलाई प्रेमिकाले छोडेर गएको कारुणिक कथा प्रस्तुत गरिएको छ ।

अब बन्ने म्युजिक भिडियोमा एल्बमका गीतकार लोक रेग्मी आफैँले इलाम र सुनसरीका चर्चित कलाकारसँग अभिनय गर्ने भएका छन । एल्वमको सह प्रायोजक न्यू होराइजन होस्टेलका प्रबन्ध निर्देशक अजितलाल दास हुन भने भिडियोलाई डिकेश लामाले निर्देशन गर्ने भएका हुन् ।

6,324 total views, 4 views today

तपाईको प्रतिक्रिया