धनकुटा । मंगलबार धनकुटा नगरपालिका वडा नं. ९ कोे जलकन्या सामुदायिक बनमा भएको आगलागीको आगोबाट  घर गुमाएका परिवारलाई मंगलबार जिल्ला रेडक्रसका प्रतिनिधिको उपस्थितिमा केही राहत वितरण गरिएको रेडक्रस जिल्ला शाखा सभापति नरेन्द्र पोख्रेलले जानकारी दिए।
प्रतिघर परिवारलाई २५ केजी चामल तथा भाँडाकुँडा, लत्ताकपडा र ओढ्ने ओछ्याउने कपडा पीडित बसेको स्थानमा गएर वितरण गरिएको हो । राहत प्राप्त गर्ने अग्नि पीडित परिवारमा मानबहादुर राई र मुखजित राई घरमूली रहेका छन्।
मुलघाट बजार क्षेत्र भन्दा केही माथी पर्ने महाङडाँडामा रहेको सो सामुदायिक बनमा दिउँसो करिब २ बजेबाट आगलागी सुरु भएको थियो ।

सदरमुकाबाट गएको प्रहरी र शसस्त्र प्रहरीको टोली तथा स्थानीयबासीकोे प्रयासमा करिब ७ घण्टापछि आगो बस्तीमा प्रबेशबाट नियन्त्रणमा आएको र सामुदायिक वनमा अझै आगलागि भइरहेको मुलघाट प्रहरी चौकीका इन्चार्ज राजेश श्रेष्ठले जानकारी दिए।

आगलागिको समयमा आगो अनियन्त्रित भएर बस्तीमा प्रवेश गरेकाले दुईघर जलेको श्रेष्ठले बताए। उनका अनुसार ४ वटा ग्वाली, ४ वटा गोरु र ४ वटा बाख्रा पनि जलेका छन् । आगलागिबाट करिब निजी सम्पत्ति मात्रै करिब ३५ लाख बराबरको क्षति भएको र सामुदायिक बनको क्षति यकिन भइ नसकेको श्रेष्ठले जानकारी दिए । धनकुटा नगरपालिकामा बारुण यन्त्र भएता पनि सडक पहँुच नहुँदा आगो नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी पठाइएको थियो ।

3,062 total views, 2 views today

तपाईको प्रतिक्रिया