बेलबारी, माेरङ, युवा जागरण अभियान नेपालद्वारा संचालन गरेकाे विद्यालयस्तरीय वक्तृत्वकला प्रतियाेगितामा शिक्षा सन्देश इ स्कुल बेलबारी, माेरङले प्रथम स्थान हाँसिल गर्न सफल भएकाे छ ।

“युवा जागरण अभियान नेपालकाे पहिचान, शिक्षा स्वास्थ्य हाम्राे अभियान” भन्ने नाराका साथ संचालन भइरहेकाे बेलबारी महाेत्सबकाे पाचाैदिन संचालन भएकाे उक्त प्रतियाेगितामा अाफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै शिक्षा सन्देशका सन्देश गिरीले प्रथम स्थान हाँसिल गरेका हुन ।

उक्त प्रतियाेगितामा माउण्ट एभरेष्ट इ स्कुल बेलबारी -११ का रीविका राई दाेश्राे र सिद्धार्थ इ स्कुल, सुन्दरहरैचाका अनमाेल राईले तेश्राे स्थान हाँसिल गरेका थिए ।

2,928 total views, 2 views today

तपाईको प्रतिक्रिया