चर्चित सर्जक एक नारायण भण्डारीको शब्द चर्चित गायक/सर्जक प्रसाद खप्तरी मगरको लयमा सिर्जनामा तयार गरिएको एक सालैजो गीत सार्वजनिक भएको छ ।

गीतमा चर्चित गायक युबराज मगर  र  प्रसाद खप्तरी मगर चर्चित गायिका कृष्ण एम गुरुङ ,मिना गर्बुजा र जुन श्रीस मगरको  आवाज सुन्न सकिन्छ । कमल सौरागको संगीत संयोजन  र मिक्सिंग कुमार राना मगरको रहेको यो गित मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।

गितमा गोर्खा जिल्लाको भुम्ली चोक आसपासको कुराहरुलाई सब्दमा उतारिएको छ भने मिक्स सैलिको भाकामा तयार गरिएको छ ।

यो गीतको भिडियोमा खेम गुरुङ र मोनिका गुरुङ को मुख्य अभिनय छ भने मौसम हिमालीको निर्देसन,कर्तन चैसिर को छायांकन,मनोज कार्कीको सम्पादन रहेको छ ।

सुनाखरी मल्टिमिडिया फाउन्डेसन प्रा लि को दृश्य निर्माण रहेको यो गित लै खुसि ईभेन्ट्स ले बजारमा ल्याएको छ ।

भिडियो हेर्नुहोस ……

 

2,784 total views, 2 views today

तपाईको प्रतिक्रिया