द हिडेन ट्रेजररले आयोजना गर्ने मिस नेपालको २३ औं संस्करणमा मोरङ विराटनगरकी अनुपमा बाँस्तोला अन्तिम २५ मा छनौट हुन सफल भएकी छिन् ।

२ सय ३१ प्रतिष्पर्धिहरु मध्येबाट अनुपमा अन्तिम २५ मा पर्न सफल भएकी हुन् । सामाजिक क्षेत्रमा राम्रो छवि बनाएकी अनुपमा लामो समयदेखि विभिन्न सचेतनामुलक कार्यक्रमको नेतृत्व समेत गर्दै आएकी छन् । २०१३ मा पूर्वाञ्चल सुपरमोडलको उत्कृष्ट १० मा परेकी बाँस्तोला २०१६ मा देशभरबाट उत्कृष्ट मिस लियोको उपाधी जित्न सफल भएकी थिइन् ।

सञ्चारमाध्यमको समेत अनुभव बटुलेकी २१ वर्षीया बाँस्तोलाले पत्रकारीता विषयबाट स्नातक गरेकी छिन् । मध्यम वर्गीय परिवारमा जन्मिएकी बाँस्तोलाले मोरङका यूवाहरुमाझमा निकै चर्चित र सक्रिय छवि बनाएकी छिन् ।

निरन्तर मोडलिङ पेशामा सक्रिय बाँस्तोला देशविदेशका गरि दर्जनबढी फेशन शोमा हिडिसकेकि छन् ।
१०१७ मा लियो क्लब अफ विराटनगर इनोभेटिभको अध्यक्ष बनेकी बाँस्तोला मिस नेपाल बन्ने हिम्मत का साथ अघि बढेकी छिन् ।

3,905 total views, 2 views today

तपाईको प्रतिक्रिया