(केशु विरही) बेलबारी, (माेरङ)/  बेलबारी नगरपालिका वार्ड नं -२, लालभिती, माेरङमा रहेकाे बागदेवी सामूदायिक वन उपभाेक्ता समूहले वाटर रिचार्ज र फिसिङ प्वाइन्ट सहित सिमसार बनाउने महत्वकांक्षी याेजना अघि सारेकाे छ ।

वाटर रिचार्ज र फिसिङ प्वाइन्टका लागि हल प्राविधिक रुपमा नापजाँचकाे काम भैसकेको  र त्यसकाे लागि डि.पि अार बनाउने तयारी भइ रहेकाे बागदेवी सामुदायिक वनले जनाएकाे छ ।

याे याेजना सफल भएमा वागदेवी र सुकुना सामूदायिक वनका वहुसंख्यक उपभाेक्ताहरुले प्रत्यक्षरुपमा फाइदा लिने छन् । १४ हेक्टरकाे क्षेत्रफलमा वन्ने याे सिमसार संभवत क्षेत्रफलकाे हिसावले पुर्वकै ठूलाे सिमसार क्षेत्र वन्ने दावी गरिएकाे छ।

सवा विगाहा क्षेत्रफलमा वाटर रिचार्ज र सवा विगाहामा फिसिङ प्वाइन्ट बनाउने याेजनाका साथ काम भैरहेकाे वागदेवी सामूदायिक वन उपभाेक्ता समूहका अध्यक फणिन्द्र थापाले वताए।

अध्यक्ष थापाका अनुसार  १८ फुटसम्म पानी माथि उठाउन सकिने गरी ६ मिटर उचाईकाे बाँध निर्माण हुनेछ । जसबााट सिंचाईमा ठूलाे सहयाेग मिल्ने, बाेटबिरुवाले अावस्यक पानी पाउने र चराचुरुङगीकाे बासस्थान पनि वढ्ने अासा गरिएकाे थापाको भनाइ छ ।

वागदेवी र सुकुना सामूदायिक वन क्षेत्रकाे सिमाना भएर निरन्तर वग्ने पानीले बागदेवी वन क्षेत्रका उपभोक्ताको करिब बाह्र पन्ध्र बिगाहा र सुकुना वनका उपभाेक्ताकाे २५-३० विगाहा जमिन सिचाई भैरहेकाे र वन्ने बाँधले उनीहरुलाई थप सहयाेग पुग्ने अपेक्षा गरिएको  छ ।

बाँध बने पनि खेतिका लागि प्रयाेग हुँदै अाएकाे पानीकाे श्राेतलाई अवराेध नगरी अाउटलेटकाे व्यवस्था हुनेछ ।  अावश्यक्ता अनुसार पानी खाेल्ने व्यवस्था गरिने योजना रहेको छ ।

याे क्षेत्रमा इकाे ट्युरिजमकाे राम्राे संभावना रहेकाे राष्टपति चुरे तराई मधेष संरक्षण विकास समित पूर्वान्चल इकाई कार्यालय सलकपुरका उज्जल रघुवंसी बताउँछन् ।छ वागदेवीले अघि सारेकाे याे याेजनामा उनकाे ठूलाे हात रहेकाे वताइन्छ।

(अनुगमन गर्दै सांसद राजकुमार अाेझा सहितकाे टाेली)

केही समय अघि प्राविधक तथा संभाव्यताकाे वारेमा जानकारी लिन माेरङ क्षेत्र न ३ का प्रदेशसभा सांसद राजकुमार अाेझा सहितककाे टाेलीले उक्त स्थानकाे भ्रमण गरेकाे थियाे ।

जलासयकाे वरिपरि वाटाेकाे व्यवस्था गरी अान्तरिक पर्टनलाई प्रवर्धन गर्ने सकिने सांसद अाेझाकाे मत छ । उनी भन्छन- स्थानीस्तरका यस्ता संभाव्य क्षेत्रकाे पहिचार गरी तिनीहरुकाे विकास गर्नु पर्छ । यदि यसाे गर्न सकेमा याे क्षेत्रकाे विकास गर्न सकिन्छ ।”

9,360 total views, 2 views today

तपाईको प्रतिक्रिया