म्याक्स लामा नामक एक वालकलाई अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुसांस्कृतिक महोत्सब मानिने पाको फेस्टा स्थलमा अगाडि लहरमा बस्न लाग्दा  ५-६ पटकसम्म कठालो र हातमा समात्दै पछाडि पठाउने प्रयास गरेका कारण  जिलोङ नेप्लिज एसोशियसनकी उपाध्यक्ष/ सचिब बिमला नेपाल आलोचित भएकी छिन् । 

 अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुसांस्कृतिक महोत्सबमा आफ्नो पहिचान प्रदर्शन गर्न प्रयास गरिरहँदा संस्थाको जिम्मेवार ब्यक्तिद्धारा जिलोङको बारवनहेडको स्कूलमा पढ्ने बर्ष ११ का वालक लामालाइ यसरी दुर्व्यबहार गरिएको बिषयमा आलोचना भएको हो  ।


जिलोङ नेप्लिज एसोशियसनका कार्य समितिका सदस्य प्रमोद पटेललाई पाको फेस्टामा सेफ्टी वार्डेनको जिम्मेवारी दिएको थियो । यसरी सार्वजनिक स्थलमा नाबालकमाथि गरिएको दुर्व्यबहारको सम्बन्धमा सेफ्टी वार्डेनले त्यसो हुन नदिने र भएपछि पनि जानकारी गराउने कुनै पनि काम नगरेको वालक  म्याक्स लामाले आरोप लगाएका छन्  ।

 जिलोङ समुदायका बीच पीडितका पिता जोन योन्जनले समस्याबारे जानकारी गराउँदै सर्कुलेट गरेको  इमेलमा समेत सेफ्टी वार्डेनको जिम्मा लिएका पटेलले कुनै प्रतिकृया नै नदिएको जिलोङ नेप्लिज एसोशियसनका सल्लाहकार  जोन योन्जनले बताएका छन् 

पिडित वालक म्याक्सले समेत संयन्त्रलाइ इमेल गरी दुव्र्यवहारको बिषयमा समाचार प्रकाशित गरी सहयोग गरिदिन आग्रह गरेका छन् ।

पीडित पक्षले संस्थाका अध्यक्षलाई पहिला टेक्स्ट मार्फत समस्याको जानकारी गराइएको  र करीब ५ घण्टापछि मात्रै समुदायका सदस्यहरु बीच ईमेल सर्कुलेट गरिएको जनाएका छन्  । म्याक्स लामा अहिले स्कूलको काउन्सिलिङ अन्तर्गत छन् भने  पुलिसले यसबारे अनुसन्धान गरिरहेको जनाइएको छ । 

अस्ट्रेलियाको नियमानुसार यसरी बच्चालाई दुर्व्यबहार गर्नु र जातिबादका आधारमा भेदभाव गर्नु दुबै अत्यन्तै ठुलो अपराधको रुपमा लिने गरिन्छ । 
अस्ट्रेलिया जस्तो देशमा जनसाधारणको सुरक्षाको प्रश्नलाई अत्यन्तै महत्व दिने गरिन्छ र अत्यन्तै संबेदनशील बिषय मानिन्छ ।

3,831 total views, 2 views today

तपाईको प्रतिक्रिया