केशु विरही / बेलबारी, अघिल्ला दिनहरुमा प्राय खाली खालीजस्तै लाग्ने बेलबारी महाेत्सब मेलिना राईकाे उपस्थितीले खचाखच भरिएकाे थियाे

दर्षककाे वाक्लाे उपस्थितीले मैदानमा खुट्टा समेत टेक्ने ठाउँकाे अभाव देखिन्थ्याे । यति सम्म कि काेही अाफन्त छुटेमा भेट्नसमेत धाैधाै भैरहेकाे थियाे ।

दर्षककाे यस्ताे उपस्थितीले अायाेजक दङ्दास देखिन्थ्याे । संचालिका चन्दा खड्काकाे विचविचकाे “अाजकाे उपस्थितीकाे लाग धन्यवाद, यसरी नै अरुदिन पनि उपस्थित जनाई दिनु हाेला” भन्ने उद्घाेषले यही कुरालाई प्रमाणित गरिरहेकाे थियाे ।

 

“युवा जागरण अभियान नेपालकाे पहिचान, शिक्षा र स्वास्थ्य हाम्राे अभियान” काे नारा दिएर संचालन गरिएकाे उक्त महाेत्सबबाट जम्मा भएकाे रकमले बालबालिकाकाे शिक्षामा खर्च गर्ने अाेजकले उद्घाेष गरिसकेकाे छ ।

यसरी मैदान दर्षकले खचाखच भरिए पछि अाफूहरुकाे उद्देश्य पूरा हुने सङ्केत पाएर हाेला युवा जागरण अभियानका अध्यक्ष सुजित बस्नेत पनि फुरुङ्ग देखिन्थे ।

राम्रा कलाकार अाउँदा दर्षककाे भिड लाग्नु स्वभाविकै भएकाे पत्रकार उत्तम पाेखरेलकाे मत थियाे ।
उनी भन्देथिए “अाजदेखि त दर्षककाे भिड वढ्ने वेला नै हाे झन मेलिना अाउने भनेपछि दर्षक थपिएका हुन ।”

मेलिन राई पछिल्लाे समयकी दर्षक श्राेताविच लाेकप्रिय छिन । उनी धेरै दर्षक-श्राेताले मन मराउने गायिका मध्येमा पर्छिन । उनका अधिकांश गीतहरु कर्णप्रिय छन ।

” उनी स्थानीय कलाकार पनि हुन । अाफूलाई मन परेकाे कलाकार अाउदा दर्षककाे भिड त लाग्ने नै भयाे, अाजकाे भिडकाे कारणकाे अर्थ यहि हाे ।” भिडभित्र भेटिएका बेलबारी-२,का अाशिष भुजेल यसाे भन्दै थिए ।

मेलिनाकाे गीतसँग युवा युवतीमात्र नभएर बालबालका र पाका मानिसहरु पनि नाँचिरहेका देखिन्थे । त्यहाँ अवस्था देखेर यसाे पनि भन्न सकिन्थ्याे “सारा बेलबारी मेलिनासँगै नाचिरहेकाे थियाे ।”

6,590 total views, 2 views today

तपाईको प्रतिक्रिया