केशु विरही, बेलबारी/ सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) काे अायाेजनामा बेलबारीमा एकदिने “नेपालकाे कला र संस्कृतिकाे विकासमा  साँस्कृतिक संस्थानकाे भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम संचालन गरिएकाे छ ।

बेतना सिमसार, माेरङको सभाहलमा संचालन गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा १ नं प्रदेशका लेखक, कलाकार, रङ्ग र संस्कृतिकर्मी अादिकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा नेपाल सङ्गीत कला प्रतिष्ठानका प्राज्ञ रमेश रन्जन झा , सांस्कृतिक संस्थानका  महाप्रवन्धक राजेश थापामगर,  प्रा.डा. भिम खतिवडा, प्रा.डा. वद्रिविशाल पाेखरेल, प्रा.डा. टङ्क न्याैपाने, वरिष्ट गायक एल पी जाेशी, स्रष्टासमाजका अध्यक्ष एवम्  पूर्व सांसद हर्कमान तामाङ, पुर्व सांसद एवम् कलाकार मधु गुरुङ, बेलबारी नगरपालिकाी उपप्रमुख ढाका पराजुली, मूर्तिकार मन्जु  मितेरी, साहित्यकारहरु मिश्र वैजयन्ती, अमृत अाचार्य, इरन राई, धनकुटे कान्छा, तिला लेकाली गायिका यमुना पराजुली, संङ्गितकर्मी राजु के.सी अादिकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रमकाे उद्देश्य वारे बाेल्दै  अायाेजक संस्थाका महाप्रवन्धक राजेश  थापामगर वदलिदाे परिस्थिती अनुसार राज्यका सांस्कृतिक निकायलाई अब स्थानीय स्थरमा पनि निर्माण गर्नु पर्ने वताए ।

अन्तरक्रियामा बाेल्दै समिक्षक प्रा.डा. भिम खतिवडाले समय वदलिए पनि मनाेदसा जहाँकाे तही रहेकाे अवस्थामा गरिएकाे यसप्रकारकाे कार्यक्रमकाे ठूलाे महत्व रहेकाे वताए ।  साथै उनले सांस्कृतिक  अन्तरघुलनकाे अावश्यक रहेकाे कुरामा जाेड दिएका थिए ।

समालाेचक डा. टङ्क न्याैपानेले संघियता कार्न्यान्वयनकै चरणमा रहेकाे अवस्थामा यस्ता काममा हताराे गर्न नहुने, प्रदेशका ऐन नियम वनिसके पछि मात्र काम गर्नु पर्ने कुरामा जाेड दिए । 

प्रा.डा. वद्रिविशाल पाेखरेलले पनि हत्ताराे नगरी तत्कालीन  र अल्पकालीन याेजना वनाएर काम गर्नु पर्ने कुरामा जाेड दिए।

कार्यक्रमकाे संचालन स्रष्टा समाजका सचिव एवम् सङ्गीतकर्मी जे.वी थुलुङले गरेका थिए ।

3,256 total views, 6 views today

तपाईको प्रतिक्रिया