केशु विरही/ बेलबारी, मध्यान्हमा   बेलबारी बजार पुग्दा मालपाेत कार्यलयतर्फ जाने सडक झण्डै बन्द जस्तै थियाे । “ह्याप्पी हाेली” लेखिएका सेता टिसर्ट लगाएका युवायुवतीहरु हाेलीकाे रङसँगै झुमिरहेका थिए । मालपाेत अगाडिकाे सडककाे एकापट्टी स्थानीय युवाद्वारा स्टेजनै निर्मार्ण गरेर हाेली विषेश कन्सट कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे । 

त्यहाँ हाेलीकाे गीतमा किशाेर किशाेरी देखि लिएर तरुन तरुनीहरु मस्तसित नाँचिरहेका थिए ।

अघिल्ला वर्षहरुमा जस्ताे हाेलीमा उत्सृङखलतामा केही कमी देखिन्थ्याे । अरुलाई जवर्जस्ती रङ्ग दल्नेभन्दा पनि अाफ्नै साथीहविच हाेली खेलेर रमाएका देखिन्थे । बेलबारीका प्रताप थापा हाेली यसलाई सकारात्मक रुपमा लिदै मानिसमा चेतनाकाे स्तर माथि उठेकाे वाउछन ।

दिनभरि नै बेलबारी तथा अासपासका क्षेत्रमा हाेलीकाे यस्तै दृश्य देखिन्थ्याे ।

हाेलीलाई व्यवस्थित वनाउँन सुरक्षा व्यवस्था कडा गरिएकाे देखिन्थ सुरक्षाकर्मीहरु ठाउँठाउँ तैनाथ देखिन्थे । जसले गर्दा पनि अघिल्ला वर्षहरुकाे भन्दा हाेली यसपटक मर्यादित रहेकाे, फगुवा दलेकाे निहुमा झगडा नभएकाे जानकारहरु वताउँछन ।

धेरै मानिसहरु हाेलीमै रमाइरहेकाेले हाेला सडकमा यातयातका साधनहरु पनि त्यति चलेका थिएनन् । गाडीहरु फाटफुट्ट रुपमा मात्र चलिरहेका थिए ।

उता सडकनै बन्द हुनेगरि हाेली कार्यक्रम चलिरहँदा यता युवा जागरण अभियान नेपालद्वारा संचालन गरिएकाे बेलबारी महाेत्सबमा दिउँसो भने मानिसकाे त्यति भिडभाड थिएन । “गाेर्खा डिजे”काे प्रस्तुतिका साथ अायाेजकले बढी मानिस उपस्थित गराउनभनेर हाेली विशेष कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे ।

तर फाट्टफुट्ट जस्ताे देखिए पनि समग्रमा हेर्दा महाेत्सबमा अाउनेकाे सङ्ख्या कमी नभएकाे, ३ घण्टाकाे हाेली विशेष कार्यक्रमबाट झण्डै ४० हजारजति कमाई भएकाे युवा जागरण अभियान नेपालका अध्यक्ष सुजित बस्नेतले वताए ।

4,108 total views, 2 views today

तपाईको प्रतिक्रिया