केशु विरही ,बेलबारी (माेरङ)/  हर्कमान तामाङकाे अध्यक्षताकाे साबिक १५ सदस्यीय समितिलाई सर्वसम्मत रुपमा पारित गर्दै स्रष्टा समाज बेलबारी, माेरङकाे पहिलाे साधारणसभा सम्पन्न भएकाे छ ।

नवगठित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष अमृत अाचार्य, सचिव जे.वी थुलुङ, सह-सचिव रेखा सुवेदी, काेषाध्यक्ष रुद्रप्रसाद कट्टेल र अन्य सदस्यहरुमा इरन राई, धनजित पराजुली, तिला लेकाली, बादलदेवी चाम्लिङ, टेकराज मगर, भिमकुमार राई, लक्ष्मी सुवेदी, गणेश वि.क., साेनाली गुरुङ अादि रहेका छन् ।

साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरका थिए । स्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङकाे अध्यक्षता रहेकाे उक्त कार्यक्रमकाे संचालन संस्थाका सचिव जे.वी थुलुङले गरेका थिए भने स्वागत वक्तव्य स्रष्टा समाजका उपाध्यक्ष एवम् साहित्यकार अमृत अाचार्यकाे रहेकाे थियाे ।

साधारणसभालाई संवाेधन गर्दै बेलबारी नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सुवेदीले समाज परिवर्तनमा साहित्यकाे अहम भूमिका रहने र अाफूले साहित्यलाई सकेकाे सहयाेग पुर्याउने वचनसमेत दिए ।

पूर्वान्चलकै साहित्यकाे समग्र विकासकाे नेतृत्व प्रदान गर्ने लक्ष लिएर स्थापना भएकाे याे संस्थाले अाफ्नाे उद्देश्य अनुसार काम गर्न नसके पनि वेलावेलामा विशिष्ट खालका साहित्यिक गतिविधि भने संचालन गर्दै अाएकाे छ । गतवर्ष मात्र  संस्थाले “अंबर गुरुङ सम्झना र सम्मान” नामक राष्ट्रियस्तरकाे कार्यक्रम सम्पन्न गरेकाे थियो  ।

नवगठित समितिका अध्यक्ष तामाङले निकट भविष्यमै “गाउँबेसीका फूलहरु” नामक साहित्यिक पत्रिका प्रकाशन गर्ने याेजनासहित काम गरिरहेकाे र त्यसका लागि सबैकाे सहयाेगकाे उत्तिकै खाँचाे रहेकाे वताए ।

4,141 total views, 2 views today

तपाईको प्रतिक्रिया