- अन्सार अन्सारी

सुनसरी । सुुुुनसरीकाे  दक्षिणी  क्षेत्रमा रहेको हरिनगरा गाउँपालिका वार्ड नम्बर १ साबिकको भुटाहा गाविसमा अबस्थित  चपडाही निमाबी स्कुलमा शाैचालय  फोहर हुँदा बालबालिका बाहिर शाैचालय गर्न जाान बाध्य भएका छन् ।

विद्यालयको शाैचालय फोहर हुँदा विद्यार्थी र शिक्षाकहरुलाई समेत कठिनाइ भइरहेको बिधयालय व्यवस्थापन समितिको अध्यक्ष बिन्देशरी पौदारले बताए । विद्यालायको शाैचालय यति फोहर छ कि बालबालिकाहरु शाैचालय गर्न घर जान बाध्य भएका छन्।  शाैचालयमा फोहरको डंगुर रहेको तर विद्यालाय को प्र.अ. भगवान लाल प्रसाद गुप्ताले कुनै चासो नदेखाएको कक्षा ७ मा अध्यनरत विद्यार्थी मुना अन्सारीले बताए।

विद्यार्थी अन्सारीका अनुसार  विद्यालायमा शाैचालय फोहर हुँदा पिसाब गर्न पनि पढाई छाडेर घर जानुपर्ने बाध्यता छ ।ब्यस्थापन समितिको सदस्य तथा अभिभावक सराज अन्सारीले स्कुलमा चर्पी नभएकोले बिद्यार्थी  पढ्न जान पनि मान्न छाडेको बताए ।

विद्यालाय प्र.अ. भगवान लाल प्रसाद गुप्तालाई यस बारे सोध्दा विद्यालयमा एउटा मात्र शाैचालय भएकोले विद्यार्थीहरु शाैचालय गर्न घर जान बाध्य भएको स्वीकार गरे । उनले शिक्षा कार्यालयमा पटक पटक माग गर्दा पनि बजेट नदिएकोले यस्तो समस्या आएको र हाल गाउँपालिकामा माग गरेको बताए  ।

1,671 total views, 2 views today

तपाईको प्रतिक्रिया