केशु विरही ,बेलबारी, (माेरङ)/ संचालकले गायिकाकाे नाम के उच्चारण गरेका थिए, दर्शकदिर्घाबाट हुटिङ सुरु भैगयाे, तालीका पर्रा  छुटिहाले । तिनी  थिइन् सुरिलो स्वरकी धनी गायिका जुनु प्रसाईं  ।

“युवा जागरण अभियान नेपालकाे पहिचान, शिक्षा र स्वास्थ्य हाम्राे अभियान”काे नारा दिएर संचालन भएकाे बेलबारी महाेत्सवकाे दाेस्राे दिन रात्रिकालील अाकर्षणकाे रुपमा गायिका प्रसाईको  प्रस्तुति थियाे ।

उनले महाेत्सबमा झण्डै अाधा दर्जन गीत गाएकी थिइन् । उनले गाएका प्रायजसाे सबै गीतमा दर्षक हुटिङ्ग र तालीले स्वागत गरिरहेका थिए ।

चार दर्जन जति चलचित्रका गीतमा स्वर दिइसकेकी मिठाे स्वरकी धनी प्रसाईका करिब ७ सय जति गीत बजारमा छन् भने उनका “नजिक”, “सङ्गी” र “नुतन” नामका तिनवटा गीति एल्वम पनि बजारमा अाइसकेका छन् ।

झापा स्थाई घर भई विगत दुईदशकदेखि गायन क्षेत्रमा सक्रीय उनी पछिल्लाे पुस्ताकी एक चर्चित गायिका मध्येमा पर्छिन् ।

फाल्गुन १५ गतेबाट सुरु भएकाे उक्त महाेत्सब १० दिनसम्म चल्ने अायाेजकले जनाएकाे छ ।

बिहीबार नै दिउसाे संचालन भएकाे विद्यालयस्तरीय  लाेकनृत्य प्रतियाेगितामा सिद्धार्थ इङ्लिस स्कुल सुन्दहरैचा प्रथम, अादर्श सेकेण्डरी इङ्लिस स्कुल, बेलबारी दाेस्राे र माउण्ट मकालु इङ्लिस स्कुल बेलबारी तृतीय भएका छन्  ।

यो पनि पढ्नोस

तेक्मेबुढाे, मेलिना राइ र ज्योति मगर सहित दर्जनौं कलाकार आउंदैछ्न् छन् है बेलबारी महोत्सवमा

 

3,757 total views, 2 views today

तपाईको प्रतिक्रिया