विकास उद्यमीले नेपाल सरकार राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा उद्यमी नेपाल नामक पोर्टल सार्वजनिक गरेको छ।

व्यवसाय प्रबर्धन, व्यवस्थापन र विकास गर्न सघाउने, दक्ष जनशक्तिलाई रोजगारीको अवसरहरूसँग जोड्ने, विभिन्न घरेलु सेवाहरू व्यक्तिको घरदैलोसम्म पुर्याउने उद्देश्यले शुरु गरिएको पोर्टलमा व्यवसायसम्बन्धी विभिन्न डाइरेक्ट्रीहरू समाबेश छन् । उक्त अनलाइन पोर्टलले सीप भएका कामदारहरूलाई अवसरहरूसम्म पुर्या‍उने पनि उदेश्य लिएको प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

उद्यमीनेपाल डटकम नाम दिइएको पोर्टलले व्यवसाय सुरु गर्न, बढाउन तथा व्यवस्थापन गर्न चाहिने सबै जानकारी दिदै युवाहरूलाई उद्यमी हुनको लागि प्रेरित गर्छ। यसले पोर्टल तथा सामाजिक सञ्जालको माध्यमबाट नेपाली माटो र अवस्था सुहाउँदो  व्यवसायको योजना, त्यसको दर्ता प्रक्रिया , नियम तथा कार्यविधि, व्यवस्थापन तथा वित्तीय योजना जस्ता बिषयमा लेखहरू मार्फत नानाकारी दिन्छ ।

यो पोर्टलले प्राविधिक ज्ञान भएर पनि वेरोजगार तथा अर्ध बेरोजगार रहेका इलेक्ट्रिसियन, प्लम्बर, गार्डनेर जस्ता धेरै प्राविधिकहरूलाई सेवाग्राही सम्म पुर्यारएर रोजगारीको अवसरहरू पनि प्रदान गर्ने प्रयास पनि गर्नेछ । त्यसको लागि विकास उद्यमीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र राष्ट्रिय तालिम परीक्षण बोर्डसँग सम्झौता  पनि गरेको छ ।

पोर्टलमा  विकास उद्यमीले १५ जना सामाजिक उद्यमीहरूको अन्तर्वार्ता समेटिएको ई-बुक पनि सार्वजनिक गरिएको छ । त्यहाँ समेटिएका कथाहरू मार्फत विकास उद्यमीले सामाजिक उद्यमशीलतामा लाग्न चाहने युवाहरूलाई प्रेरित गर्ने तथा उनीहरूले पछ्याउने रोल मोडल वा हिँड्ने बाटो तयार पार्दै नेपालको विकासमा योगदान पुर्यारउने उद्देश्य लिएको संचालकहरुले बताएका छन् ।

विकास उद्यमी युवाहरूद्वारा सञ्चालित यो  सामाजिक व्यवसाय  www.udhyaminepal.com बाट  युवाहरूले उद्यमशिल सोचहरू साटासाट गर्न सक्नेछन ।

3,981 total views, 2 views today

तपाईको प्रतिक्रिया