बेलबारी ।  बेलबारी शिक्षा तथा स्वास्थ्य महोत्सवको दोस्रो दिन बिहिबार बिद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ

बेलबारी र आसपासका १३ बिद्यालय सहभागी भएको प्रतियोगितामा सिद्धार्थ ईङ्लिस स्कुल सुन्दरहरैचा प्रथम भएको छ । त्यसैगरी  आदर्श ईङलिस स्कुल बेलबारी द्धितिय तथा माउण्ट एभरेष्ट ईङलिस स्कुल लक्ष्मीमार्ग तृतिय भएका छन्  ।

प्रतियोगितामा सिद्धार्थका अपर्ण राई, आर्दशकी बिहानी गुरुङ र माउन्ट एभरेष्टकी रिबेका राई  क्रमश प्रथम, द्वितीय र  तृतीय भएका हुन् ।

यसैगरी नोवेल मेडिकल कलेज बिराटनगरको सहयोगमा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर  सम्पन्न भएको छ । स्वास्थ्य शिविरमा कतिजनाले भाग लिए भन्ने थाहा हुन सकेन तर महोत्सव आयोजकले बृहत सहभागिता रहेको दाबी गरेका छन् ।

महोत्सव अबधिभरि नै प्रतियोगितात्मक कार्यक्रम तथा स्वास्थ्य शिबिर सञ्चालन गरिने आयोजकले बताएका छन्  । बुधबार प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन  गरेको महोत्सव  महोत्सव फागुन २५ गते सम्म चल्नेछ ।

2,894 total views, 4 views today

तपाईको प्रतिक्रिया