कोटा ठेगान लागेसगै आगामी चैतको दोस्रो साता भाषा परीक्षाका लागि आवेदन खुल्नेछ । त्यसैगरी   जेठको अन्तिम साता कोरियन भाषा परीक्षा हुने इपीएस कोरिया शाखाले जनाएको छ  ।

सात हजार मध्ये  कृषितर्फ २ हजार र उत्पादनमूलक क्षेत्रतर्फ करिब ५ हजार परीक्षार्थी कोरिया जान पाउने इपीएस कोरिया शाखाले जनाएको छ । अनलाइन फारम भर्न सकिने हुनाले फराम भर्न रातभर लाइन बस्नु पर्दैन  ।

सन् २०१७ मा ३१ सयमात्रै कामदारको कोटा दिएको कोरियाले सन् २०१८ को लागि १० हजार १ सय कामदारको सिलिङ दिएको थियो । गतवर्ष कोरियन भाषा परीक्षामा झण्डै ७० हजार  सहभागी भएका थिए । जसमध्ये  १२ हजार १ सय ८ जनालाई  भाषा परीक्षामा पास गराइएको थियो । सन् २०१९ मा यो वर्षभन्दा केही कम कामदार लिने बताइएको छ ।

सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी नेेपाली कामदार कोरिया जान थालेका थिए  ।  त्यसयता  ५० हजारभन्दा बढी युवा भाषा परीक्षा  पास गरेर कोरिया गइसकेका छन् ।

4,264 total views, 2 views today

तपाईको प्रतिक्रिया