प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि ओलीले  दोस्रोपटक नेकपा एमाले र माओवादी केन्द्रबाट थप दुई-दुई जनालाई मन्त्री बनाएका छन्  ।

ओलीले एमालेबाट महासचिव ईश्वर पोख्रेललाइ  रक्षा र डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएका छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापालाई गृह र मातृका यादवलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका छन् ।

चार मन्त्री थपेसंगै मन्त्रिपरिषद सात सदस्यीय भएको छ । यस अघि प्रधानमन्त्री ओलीले आफूले शपथ लिएकै दिन तीन सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् । समारोहमा प्रधानमन्त्री ओली समेत उपस्थित  थिए ।

1,053 total views, 2 views today

तपाईको प्रतिक्रिया