यु सफ्ट कम्प्युटर टेक्नोसिस काठमाडौले क्यान सुनसरीलाइ एक कार्यक्रमका बिच विभिन्न सुचना प्रविधिसंग सम्बन्धित सामाग्रीहरु उपलब्ध गराएको छ।

क्यान सुनसरीको इटहरीमा रहेको सचिवालयमा कार्यालय व्यवस्थापनका लागि थम्ब एटेंडेन्स मेशिन, वेलकम मेशिन, वायरलेस सिसि क्यामेरा लगायतका बहु उपयोगी सामाग्रीहरु उपलब्ध गराएको अध्यक्ष बलराम भण्डारीले जानकारी दिनुभयो ।

यु सफ्ट कम्प्युटर टेक्नोसिसका प्रोपराइटर बुद्ध मानन्धरले सो कार्यक्रममा क्यान सुनसरीले आयोजना गर्न लागेको क्यान इनफोटेकको लागि आवश्यक सल्लाह सुझावका साथै  सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। यु सफ्ट कम्प्युटर टेक्नोसिस काठमाडौ केन्द्रित भै सुचना प्रविधिका सामाग्रीहरु विक्री वितरण गर्दै आएको एक व्यापारीक केन्द्र हो।

होली पर्वलाई मध्यनजर गर्दै क्यान सुनसरीले सम्पुर्ण सुचना प्रविधिसंग आबद्द सबैमा आपसी भाईचाराको संदेश फैलाउने उदेश्यले होली विशेष कार्यक्रमको आयोजना गर्नका साथै होली टि-सर्ट वितरण गर्ने जानकारी संस्थाका सचिब पुष्प अधिकारीले जानकारी दिनुभयो।

960 total views, 3 views today

तपाईको प्रतिक्रिया