बेलबारी/ एक कार्यक्रमविच सँखुवासभाली स्रष्टा ताराबहादुर बुढाथोकीको कृति ‘भाँडाकुटी’माथि चर्चापरिचर्चाको कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता रेखा सुवेदीले गरेकी थिइन भने उक्त कार्यक्रमको संचालन् संस्थाका सचिव धनजित पराजुलीले गरेका थिए ।

बेलबारीको साँस्कृतिक भवनमा संचालन गरेको उक्त कार्यक्रममा स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङ, समालोचक डा. भीम खतिवडा, विराट साहित्य समाज, सुन्दर हरैचाका अध्यक्ष मोहन काफ्ले, बेलबारी नगरपालिकाकी उपमेयर तथा स्रष्टा ढाका पराजुली ‘तारा’ आदिको आथित्यता रहेको कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक दीपक न्यौपाने र पुरुषोत्तम सुवेदी कृति माथि टिप्पणी गरेका थिए ।

1,562 total views, 4 views today

तपाईको प्रतिक्रिया