अर्कै महिलासँग यौन सम्बन्ध गाँसेको रिस तथा  झोंकमा एक भारतीय महिलाले आफ्नो लोग्नेको लिंग काटेर  ट्वाइलेटमा बगाइदिएकी छन् ।

 भारतको जालन्धरस्थित जोगिन्दर सहरमा बस्ने आजाद सिंह नामक मानिसकी  पत्नी सुखवन्त कौरले लोग्नेको यौनाङ्ग  काटेर फ्यालिदिएकी  हुन् । पति हाल ठुटो यौनांग सहित गम्भीर अवस्थामा  अस्पतालमा उपचाररत रहेको भारतीय मिडियाले जनाएका छन् ।

पति आजाद सिंहले अरु नै महिलासँग यौन सम्बन्ध राखेको शंका लागेपछि उनले लोग्ने सुतेको बेला फलामको रडले हिर्काएर बेहोस् बनाएकी थिइन् । त्यसपछि  चक्कुले लिंग  छिनालेेेर लिंगको टुक्रा  ट्वाइलेटमा लगेर फ्यालेकी थिइन् ।

आफ्नै पत्नीले लिंग काटिदिएपछि अस्पताल लगिएका सिंहको अत्यधिक रगत बगेका कारण   गम्भीर अबस्था रहेको बताइएको छ ।लिङ्ग काट्ने पत्नीलााई पक्राउ गरी  मुद्दा दायर गरिएको छ ।   –  एजेन्सीको सहयोगमा

3,002 total views, 16 views today

तपाईको प्रतिक्रिया