दुबई – युएईमा रोजगारीसङै सामाजिक गतिविधिमा सक्रिय बारदसी – ६ झापाका दुर्गेस सापकोटालाई झापाली समाज युएईले सम्मानका साथमा बिदाई गरेको छ ।

झापाली समाज युएईका संस्थापक सदस्य सापकोटाले समाजको केन्द्रीय समितिको कोषाध्यक्षका रुपमा एक कार्यकाल सफलतापुर्बक जिम्मेवारी पूरा गरिसकेका छन् । फागुन ११ गते शुक्रबार बरदुबईको शुभयात्रा ट्राभलमा आयोजना गरिएको सम्मान तथा बिदाई कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुर्ब केन्द्रीय उपाध्यक्ष राजेन्द्रकुमार दाहाल उपस्थित थिए । दाहालले झापाली समाजको स्थापना गर्न र समाजलाई अगाडि लैजान सापकोटाले अतुलनीय योगदान गरेको स्मरण गराएका थिए ।
झापाली समाजका अध्यक्ष रोहितकुमार भण्डारीको सभापतित्वमा संचालित कार्यक्रममा समाजका महासचिव अशोक चापागाईंले झापाली समाजका प्रारम्भिक दिनहरुमा सापकोटाले निर्वाह गरेको भुमिका  प्रसम्सनिय रहेको प्रतिक्रिया दिएका थिए ।
समाजका सचिव जगत लुइँटेलले संचालन गरेको कार्यक्रममा समाजका कोशाध्य्क्य  सुमन भट्टराई, केन्द्रीय सदस्य पारस लामा, बासुदेव चापागाईं, पुर्ब सचिव इन्द्र भण्डारी, दुबई क्षेत्रीय समितिका पुर्ब सल्लाहकार  संयोजक टंक आचार्य उपस्थित भएर सापकोटालाई अबिर, दोसल्ला पहिराउदै सम्मान पत्रका साथमा बिदाई गरिएको थियो ।
सभापतिको आसनबाट बोल्दै अध्यक्ष भण्डारीले आफ्नो क्षमताअनुसार सापकोटाले इमानदारीपूर्वक काम गरेको र यहाँबाट नेपाल फर्किएर पनि सामुहिक लगानीमा विस्वास गर्दै उद्यमशीलताको मार्गमा हिड्कोमा  सापकोटालाई बधाई तथा शुभकामना दिएका थिए । सम्मानित ब्यतित्व सापकोटाले झापाली समाजमा आबद्ध भएर सामाजिक सेवा  गर्ने अवसर पाएको र समाजको माध्यमबाट असल तथा आत्मीय मित्रहरू पाएको अभिव्यक्ति दिए ।
झापाली समाजले दिएको सम्मानलाई जिवनभरि भुल्न नसक्ने बताउदै सापकोटाले आफू नेपालमै रहेर पनि समाजका गतिविधिमा सहभागी भएर सामाजिकसेवामूलक कार्यलाई  निरन्तरता दिने प्रतिबद्धता प्रकट गरेका छन् ।

3,634 total views, 2 views today

तपाईको प्रतिक्रिया