बिराटचोक । मोरङको विराटचोकमा यही फागुन १२ गतेदेखि प्रथम सुन्दरहरैंचा गोल्ड कप फुटबल प्रतियोगिता  सञ्चालन हुने भएको छ ।

आयोजक एकता युवा क्लवले  सो कुराको जानकारी गराएको हो । प्रतियोगिता य यही फागुन १२ देखि १९ गते सम्म प्रस्तावित इन्द्रपुर रंगशालामा प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा ८ ओटा टिमहरु सहभागी हुने छन्  । खेलमा  आयोजक एकता युवा क्लव सुन्दरहरैचा , एफसि सयपत्री यासोक पांचथर, एपीएफ दमक, १ नं.प्रदेश प्रहरी टिम रानी विराटनगर , एलेभेन एरोज दुहवी सुनसरी , गाईघाट एफसी उदयपुर, कांकडभिट्टा टेनिङ सेन्टर कांकडभिट्टा, द सेभेन युथ क्लव धनकुटा सहभागी हुनेेेेछन् ।

 “ स्वास्थ्यका लागि खेलकुद , राष्ट्का लागि खेलकुद ” भन्ने मूल नाराका साथ गरिने प्रतियोगिताबाट आफ्नो ठाउंको पहिचान  र खेलकुदको विकास गर्दै  खेलाडीहरुको मनोवल उच्च राख्न  प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक एकता युवा क्लव का अध्यक्ष बिक्रम राईले बताए ।
प्रतियोगिताको लागि सुन्दरहरैंचा नगरपालिका, प्रायोजक, स्थानीय विभिन्न संघ–संस्थाहरुको सहयोग समेत प्राप्त भइरहेको र प्रतियोगिता सञ्चालन गर्न करिव २० लाख  बजेट लाग्ने अनुमान गरिएको आयोजक मुल समारोह समितीका संयोजक केशव अधिकारीले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५१ हजार १ सय ११ , द्वितीय हुनेले १ लाख १ हजार १ सय ११ र साथमा ट्रफी एवम् मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ द म्याच लगायत  अन्य  पुरस्कार समेत प्रदान गरिने छ । – मणिराम दाहाल

2,201 total views, 2 views today

तपाईको प्रतिक्रिया