लोकनाथ रिजाल

मोडल क्याम्पस साहित्यिक मञ्चले स्रस्टा सम्मान र रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रजातन्त्र दिवशको अवसर पारेर सोमबार आयोजना गरेको मञ्चले साहित्य र कला क्षेत्रमा योगदान पु¥याउने १६ जना स्रष्टा तथा सर्जकहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा पुराना लोक गायक एल पी जोशी, भेषराज न्यौपाने , लोकेन्द्र बन्जरा, मेची पुत्र, बिन्दु दाहाल मुकदर्शक , सानो दिन, राजकुमार अनिश्चित र बाटोघरे कान्छा लगायत रहेका छन् । त्यस्तै मौषम राई, सरोज अधिकारी, दिक्षा दुलाल, गौरव मिश्र लगायतले आफ्नो रचना वाचन गरेको मञ्चका अध्यक्ष जितेन राईले जानकारी दिए । हाम्रो अभियान अग्रज लाई सम्मान र नवप्रतिभालाई प्रोहोत्सान भन्ने नाराका साथ स्थापना भएको मञ्चले बिभिन्न साहित्यिक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

1,724 total views, 4 views today

तपाईको प्रतिक्रिया