वडा नं. २ लाई १ का बिरुद्ध २ गाेल गर्दै वडा नं. १ ले तेस्राे पथशनिश्चरे नगर कपकाे उपाधी चुम्न सफल भएकाे छ ।

खेलमा पहिलाे हाफकाे १८ मिनेटमा वडा नं. २ का सन्ताेष न्याैपानेले गाेल गरे पनि दाेस्राे हाफकाे ६२ अाैं मिनेटमा वडा नं. १ का दिपक राई र ६९ अाैं मिनेटमा रविन राईले १/१ गाेल गर्दै उपाधी चुमेकाे हाे । पहिलाे नगर कप विजेता वडा नं. १ ले नगद ४० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गराे भने साबिक विजेता वडा नं. २ ले २० हजार ट्रफी र प्रमाणपत्रमा चित बुझाउनु पर्याे ।

फाइनल खेलको म्यन अफ द म्याच वडा नम्बर एकका क्याप्टेन मिन धिमाल घोषित भए । वेष्ट गोलकिपर एककै अर्जुन बस्नेत, उदयमान खेलाडि निमण लिम्बू, सर्वोकृष्ट खेलाडि साइमन लिम्बू, प्रशिक्षक किरण धिमाल घोषित भए ।

त्यसैगरी वेष्ट डिफेन्डर सुबास तामाङ, मिड फिल्डर कबि राई र वेष्ट फर्वाड सन्तोष न्यौपाने घोषित भए । खेल अवधिभर ११ गोल गर्ने वडा नम्बर १ का खेलाडी सुमन राई हाइ स्कोरर घोषित भए ।

2,217 total views, 2 views today

तपाईको प्रतिक्रिया