युएई – नेकपा एमालेका अध्यक्ष तथा वाम गठबन्धनका नेता केपी शर्मा ओली प्रधानमन्त्री भएको खुशियालीमा युएईमा रहेका नेपालीहरुले दिपावली गरेका छन् ।
नेकपा एमाले संबद्द प्रवाशि नेपाली मञ्च फुजेरा र अबुधाबी तथा दुबई  राज्य कमिटीले फागुन ४ गते शुक्रबार दिपावलीसहित केक काटेर एक औपचारिक कार्यक्रम आयोजना गरेको छ ।
मञ्चको दुबई राज्य कमिटीका अध्यक्ष मणिराम खतिवडाको सभापतित्वमा संचालित खुशियाली साटासाट तथा दिप प्रज्ज्वलन कार्यक्रममा दुबई  राज्यमा क्रियाशील विभिन्न सामाजिक, राजनीतिक, ब्यावसायिक संस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्री ओलीलाई बधाई दिदै आफुहरुले नेपालमै रोजगार पाउन सक्ने वातावरण बन्ने अपेक्षा पनि गरेका थिए ।
प्रवासि मञ्च केन्द्रीय कमिटीका उपाध्यक्ष भिम गुरुङ, केन्द्रीय सदस्य समिम खान , मञ्चका दुबई इन्चार्ज केन्द्रीय सदस्य श्याम पाठकलगायत केन्द्रीय र राज्य कमिटीका पदाधिकारीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा  प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको शुभकामना दिदै देशलाई समृद्धिको शिखरमा पुर्याउन आग्रह गरे ।
मन्तव्यको क्रममा अध्यक्ष तथा शुभकामना कार्यक्रमका सभापति खतिवडाले अबको मुख्य काम युवा स्वरोजगार भएको बताउदै यो सरकारले उधमशिलतामा जोड दिनुपर्ने आफ्नो अपेक्षा रहेको प्रष्ट पारे ।
उक्त कार्यक्रममा दुबई राज्यमा कार्यरत सर्वसाधारण नेपाली श्रमिकहरुले केक काटेर  र दिप प्रज्ज्वलन गरेर खुशियाली प्रकट गर्दै यो सरकारले जनमुखी कार्यक्रमहरु ल्याउने विस्वास गरेका थिए ।

3,438 total views, 2 views today

तपाईको प्रतिक्रिया