काठमाडौं । शेरबहादुर देउवाले राजीनामा दिएकै दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । उनले  बिहीबार नै अपराह्न ४ बजे राष्ट्रपतिबाट सपथ लिएका छन् ।

वाम गठबन्धनका शीर्ष नेतासहित राष्ट्रपति भवन शीतल निवासमा पुगेर ओलीको नेतृत्वमा नयाँ सरकार गठनको दावी पेश गरेका थिए ।

वाम गठबन्धनले यसअघि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।  २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठवन्धनको करिब दुई तिहाइ बहुमत छ । संसद्मा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

1,698 total views, 0 views today

तपाईको प्रतिक्रिया