सउदी  । हाल साउदी अरबको जेलमा भएका इलामको माइ नगरपालिका-४ का प्रेमबहादुर राईलाई बचाउन केेही साल अघि अनिश खालिङ बचााउ अभियानमा उठेर बचेको रकम खर्च गर्न सउदीमा भएका संघ संस्थाले माग गरेका छन् ।

काम गर्ने कम्पनीको सामान चोरी भएपछि राईलाई  दोषी ठहर गर्दै अदालतले जेल र ५० कोर्रासहितको सजाय सुनाएको थियो । त्यसपछि  कम्पनीले आफ्नो सामानको बिगो भराइपाऊँ भनि निवेदन दिएपछि कम्पनीको निबेदन अनुसार प्राइभेट राइट अन्तर्गत अदालतले फेरि तीन लाख १० हजार रियाल (झण्डै ९५ लाख रुपैयाँ ) बुझाउनु पर्ने फैसला गरेको थियो ।

करिब ९५ लाख रुपैयाँ जरिवाना स्वरुप बुझाए मात्रै जेलमा रहेका प्रेमको जीवन रक्षा हुने भएपछि  यतिबेला साउदीस्थित नेपाली संघसंस्थाहरु प्रेमको जीवन रक्षाको लागि  रकम संकलनको लागि  जुटेका छन्  । प्रेमको घरमा रहेका श्रीमती र नाबालिका छोरी छन्  ।

तर, एकाध व्यक्ति र केही संघसंस्थाको पहलले मात्रै तत्कालै यति ठूलो रकम संकलन हुन नसक्ने भएपछि  अनिश खालिङ राई बचाऊ अभियानका क्रममा संकलन भएर बचेको रकम प्रेमको जीवन रक्षाका लागि प्रयोग गर्न माग गरिएको छ ।

खोइ त्यो २ करोड ३६ लाख ?

अनिश बचाउन अभियानका क्रमका संकलन भएको रकम मध्ये दुई करोड ३६ लाख रुपैयाँ बचत रहेको दावी गरिएको छ । सोही रकमको ब्याज मात्रै सहयोग गरेपनि प्रेम राईको उद्धार हुने संघसंस्थाहरुले बताएका  छन् ।

केही वर्षअघि यूएई अदालतले पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका शंखुवासभाकाको मत्स्यपोखरी-३ का अनिश खालिङ राई बचाउन संकलन भएको रकमको अत्तोपत्तो छैन  ।

त्यसबेला ब्लडमनी कसैले तिरिदिएपछि  संकलित रकम अनिश खालिङ प्रतिस्ठानमा राखिएको बताइएको थियो  । तर अनिस स्वदेश फर्केको तीन बर्ष नाघिसक्दा पनि सो रकम कहाँ छ भन्ने कुरा अत्तोपत्तो छैन । अनिश खालिङ पनि त्यसयता गुमनाम छन् । सोही रकमले प्रेमको उद्दार गर्नुपर्ने भन्दै सउदी जेद्धास्थित नेपाली संघसंस्थाहरुले  विज्ञप्ति जारी गरेका छन् ।

अनिश बचाउनका लागि संकलन भएर बचेको रकम कुन अवस्थामा छ भन्ने समेत जानकारी नभएको भन्दै उनीहरुले बचेको रकम प्रेमको उद्धारमा खर्च गर्न  आव्हान गरेका हुन् ।

अनिश बचाउ अभियानलाई जेद्धाबाट मात्रै ६ लाख ८० हजार ४ सय ६२ रुपैयाँ सहयोग गरिएको भन्दै उनीहरुले त्यो रकम प्रेमको लागि सहयोग गर्न आग्रह गरेका छन् ।

यसैबीच प्राप्त समाचार अनुसार राईलाई जेल मुक्त गर्नको लागि कुवेतबाट प्रेम राई बचाउ अभियानमा करिब साढे ४ लाख रुपैयाँ संकलन भएको छ ।

यो पनि पढ्नोस्

ब्लडमनी तिरेर टोपबहादुरलाइ स्वदेश फर्काउन एनआरएनको पहल

801 total views, 0 views today

तपाईको प्रतिक्रिया