गायक अनिल सिंहको नयाँ नेपाली पप गीत ‘सु-स्वागतम’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सुरेन श्रेष्ठद्वारा निर्देशित यस भिडियोमा मोडल तमन्ना शर्मा र सुरेन श्रेष्ठले एकदमै अब्बल अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् ।

विल्कुलै फरक धारमा निर्मित ‘सु-स्वागतम’ पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार अनिल सिंहको संगीत रहेको छ।

त्यस्तैगरी नरेश भट्टराईको शब्द र विशाल पौडेलको एरेञ्जरमा तयार पारिएको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने टेक बयलकोटीले छायांकन गरेका छन् ।

6,134 total views, 2 views today

तपाईको प्रतिक्रिया