प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् ।

प्रदेश प्रमुख गोविन्द सुब्बाले राईलाई बुधबार  मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्  ।  मन्त्री नियुक्त भएपनि सपथ ग्रहणको कार्यक्रम भने बिहीबार २ बजेको लागि तोकिएको छ ।

बिहीबार नै केही मन्त्रीहरुले समेत सपथ ग्रहण गर्ने बताइएको छ  । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसद  छन्  ।

3,015 total views, 2 views today

तपाईको प्रतिक्रिया