आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अन्तिम खेलमा नेपाल एक विकेटले विजयी भएको छ ।

क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम ओभरको अन्तिम बलमा जित निकालेको हो ।

जितसँगै नेपाल विश्व क्रिकेट लिग डिभिजन–१ मा प्रवेश गरेको छ ।  पूरै नेपाली खेल उल्टाएका करण केसीले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाएर नटआउट रहेपछि जित सम्भब भयो ।  नटआउट नै रहेका सन्दीप लामिछानेले १८ बलमा पाँच रनमात्र बनाउन सके ।

डिभिजन–२ अन्तर्गत मंगलबार भएको खेलमा आयोजक नामिबियाले केन्यालाई पराजित गरेपछि नेपालले क्यानडालाई हराउनै पर्ने बाध्यता थियो । नेपालले अन्तिम खेल जितेपछि बिश्वकप छनोट यात्रा पक्का भएको छ ।

नेपालले  पहिलो खेलमा नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पराजित भएको  थियो । तेस्रो खेलमा संयुक्त अरब इमिरेट्सलाई हराएको थियो ।

192 total views, 0 views today

तपाईको प्रतिक्रिया