धर्म ग्रन्थ अनुसार फागुन कृष्ण पक्ष चतुर्दशी तिथि को दिनमा महाशिबरात्री पर्ब मनाउने गरिन्छ। यो पटक शिवरात्री १३ फरबरी अर्थात फागुन १ को दिन मा परेको छ ।

यो दिन भगवान शिबजी को पूजा को लागि निकै राम्रो दिन मानिएको छ, मान्यता अनुसार यो दिनमा यदि श्रद्धा पुर्बक भगवान शिवजी लाइ प्रसन्न गर्ने उपाय हरु गर्ने हो भने सबै मनोकामना पुरा हुन सक्छन् ।

यस्तै  अचुक उपायको बारेमा शिब पुराणमा पनि उल्लेख गरिएको छ । यी उपायहरु यति सरल छन जसलाई सजिलैसंग पुरा गर्न सकिन्छ, सबै समस्या को समाधानको लागि शिब पुराणमा निम्न उपायहरुको बारेमा बताइएको छ –

– भगवान शिबजीलाइ चामल चढाएमा धन लाभ हुन्छ ।
– भगवान शिबजीलाइ तिल चढाएमा पापबाट मुक्ति मिल्छ ।
– भगवान शिबजीलाइ जौ अर्पित गरेमा शुख सम्वृद्धि बढ्छ ।
– ज्वरो आएको बेला भगवान शिबजीलाइ जल चढाए ज्वरो छिटो निको हुन्छ ।
– भगवान शिबजीलाइ शक्कर मिलाएको दुध चढाउनाले मस्तिष्क तेज हुन्छ।
– शिबजीलिंगमा उखूको रस चढाउनाले जीवनमा सबै सुख को प्राप्ति हुन्छ ।
– भगवान शिबजीलाइ गंगाजल चढाएमा भोग अनि मोक्ष दुवै प्राप्ति हुन्छ ।
– महले शिबलिंगको अभिषेक गरे टीबी रोगमा आराम मिल्छ ।
– गाइको शुद्ध  घिउले शिबलिंगको अभिषेक गरेमा शारीरिक दुर्बलता हरेर जान्छ ।
– मदारको फूलले भगवान शिबजीको पूजा गर्नाले मोक्ष प्राप्ति हुन्छ ।

– भगवान शिबजीलाइ चमेलीको फूलले पूजा गरेमा बाहन सुख प्राप्ति हुन्छ ।
– शमीको पातले भगवान शिबजीलाइ पूजा गर्नाले मोक्ष प्राप्ति हुन्छ ।
– भगवान शिबजीलाइ बेलपात चढाउनाले अबिबाहितलाइ सुन्दर अनि शुशील श्रीमती प्राप्त हुन्छिन् ।
– जुहीको फूलले भगवान शिवजीको पूजा गर्नाले घरमा कहिलै अन्नको कमी हुदैन ।
– कनेरको फूलले भगवान शिवजी को पूजा गर्नाले नया कपडा लगाउन पाइन्छ ।
– महादेवको पूजा हरसिंगारको फूलले गरेमा सुख अनि सम्पत्तीमा बृद्दी हुन्छ ।
– धतुरको फूलले महादेवको पूजा गर्नाले सुयोग्य पुत्रको प्राप्ती हुन्छ ।
– रातो डंठलसंगको धतुरले भगवान शिबजी को पूजा गर्न शुभ मानिएको छ ।
– दुबोले भागबन शिबजीको पूजा गर्नाले साधकको आयु बृध्दि हुन्छ ।         इति

1,711 total views, 2 views today

तपाईको प्रतिक्रिया