पथरी उद्योग वाणिज्य संघको अध्यक्षमा बामपंथी प्यानलका दिपक वस्नेत निर्वाचित भएका छन् ।

सोमवार सम्पन्न  निर्वाचनमा निबर्तमान अध्यक्ष धनकुमार तामाङ्गलाई पराजित गर्दै वस्नेत निर्वाचित भएका हुन् । बिजयी हुने अन्यमा वरिष्ठ उपाध्यक्ष विजय डागी, उपाध्यक्ष यादव दुलाल, महासचिव अशोक साम्पाङ, सचिवमा दिनेश पौडेल (उद्योग) र  खेमराज ढुङ्गेल ( बाणिज्य)  र कोषाध्यक्षमा राजेन्द्र वस्नेत छन् ।  बिजयी पदाधिकारी भने एक पक्षका मात्र छैनन् ।
संघको चुनावमा प्यानल वनाएर उद्योगी व्यापारीहरु मैदानमा उत्रिएका थिए । वस्नेतलाई वाम सर्मथित प्यापारीको सर्मथन थियो भने तामाङ्लाई नेपाली काग्रेस पक्षधरको सर्मथन  थियो । सदस्यमा  प्रदिप फुयाल, वलिदान चेम्जोङ्ग, नितन कार्की र भगवती कटुवाल बिजयी भएका छन् । त्यस्तै लेखा समितीमा कृष्ण पौडेल र विजय राई सदस्य निर्वाचित भएका छन् । लेखा संयोजक र २ सदस्य यसअघि नै निर्बिरोध भएका थिए ।

495 total views, 0 views today

तपाईको प्रतिक्रिया